प्राइम स्टोरमा नयाँ वर्ष अफर : मोबाइल किन्दा उपहार, एक्सचेन्जको सुविधा

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

ललितपुर, पुल्चोकको दमकल चोकमा रहेको प्राइम स्टोरले नयाँ वर्ष २०७४ को अवसर पारेर मोबाइल किन्दा उपहार योजना ल्याएको छ। कुनै पनि कम्पनीका मोबाइल किन्दा  सेल्फि स्टिक,  मोबाइल स्याण्ड, मेमोरी कार्ड, पेन ड्राइभ र मोबाइल स्पीकर उपहार दिइने  स्टोर सञ्चालक सागर गौतमले बताए।
आजबाट सुरु यो योजना वैशाख महिनाभर लागू हुने उनले बताए। प्राइम स्टोरले नयाँ वर्षमा आफ्ना ग्राहकहरुका लागि उपहार योजना ल्याउँदै आएको छ।  साथै कभर, ब्याट्री, प्रोटेक्सन ग्लास, स्टिकर, चार्जर, हेडफोन जस्ता एसेसरिजमा पनि ग्राहकले  छुट प्राप्त गर्न सक्नेछन्।
प्राइम स्टोरमा एप्पल,सामसुङ,हुवावे, वन  प्लस,  जिअोनी, एमअाइ, एचटिसी, साेनी,ओप्पो,माइक्रोम्याक्स, लाभाजस्ता सबैजसो विश्व प्रशिद्ध ब्रान्डका मोबाइल सेट र एसेसरिज उपलब्ध छन्।
मोबाइलको कारोबारका साथै उत्कृष्ट र विश्वसनिय मोबाइल सर्भिस सुविधा पनि आफूहरुले दिने गरेको गाैतमले  बताए।  साथै हामीले ब्राण्डेड सामान मात्र बिक्री गर्ने हुँदा यहाँ किनेको मोबाइलको मर्मतसम्भार, वारेन्टी जस्ता सुविधा कम्पनीका जुनसुकै सर्भिस सेन्टरबाट लिन सकिन्छ।’
गुणस्तरीय सामान प्राइम स्टोरको विशेषता रहेको गौतमको दाबी छ।
बढी नाफा कमाउन चार्जर, ब्याट्री, हेडफोन जस्ता पार्टपुर्जा साटफेर गर्ने प्रवृत्ति बजारमा व्याप्त भएता पनि  प्राइम स्टोरबाट कुनै पनि सामान किन्दा सबै सामान सिलप्याकमा उपलब्ध गराइने उनले बताए।
चालु अवस्थाका पुराना फोनसँग नयाँ फोन साट्न मिल्ने सुविधा पनि भएको कम्पनीले जनाएको छ।
प्राइम स्टोर ललितपुरकै पहिलो मल्टि ब्राण्ड मोबाइल सप हो। सबै ब्राण्डका मोबाइलहरु उपलब्ध गराउने, अरुभन्दा सस्तोमा मोबाइल किन्न सकिने  साथै ठगीबाट ग्राहकरुलाइ जोगाउन एउटै स्टोरमा सबै ब्राण्डका मोबाइल बेच्न राखिएको  गौतमले बताए।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.