फाइजर कम्पनीले उत्पादन गरेको कोरोना खोप ९० प्रतिशतसम्म प्रभावकारी, विश्वले कोरोनाबाट मुक्ति पाउने आशा

औषधि उत्पादक कम्पनि फाइजरले कोरोनाविरुद्धको खोपको सफल परीक्षण गरेको दावी गरेको छ । सोमबार न्यूयोर्क टाइम्समा प्रकाशित एक रिपोर्टका अनुसार उक्त खोपको सुरुवाती परीक्षणमा कोभिड–१९ बाट बचाउन उक्त खोप ९० प्रतिशतसम्म सफल रहेको कम्पनीले जिकिर गरेको छ ।

जर्मनको औषधि कम्पनी बायोनटेकसँग मिलेर फाइजरले बनाएको उक्त खोपको सुरुवाती परीक्षणपछि गरिएको समीक्षापछि यस्तो निष्कर्ष निकालेको हो । यो खोप कोरोना भाइरस (कोभिड–१९) बाट बचाउन ९० प्रतिशतसम्म सफल रहेको दाबी गरिएको छ ।

कोभिड १९ प्रभावित स्वयम्सेवकहरुमाथि गरिएको परीक्षणपछि विज्ञहरुले प्राप्त सूचना विश्लेषण गर्दै निकालेको निष्कर्षका अनुसार खोप परीक्षणबाट कुनै गम्भीर नराम्रा परिमाणहरु देखा परेका छैनन् ।

फाइजरले खाद्य तथा औषधि प्रशासनसँग आपत्कालीन अनुमति माग्ने तयारी सुरु गरेको छ । यो वर्षको अन्त्यतिर खोपको पर्याप्त मात्रामा उत्पादन गर्दै १५ देखि २० मिलियन मानिसका लागि तयार बनाउने कम्पनीले दावी गरेको छ ।

फाइजर कम्पनिकी वरिष्ठ उपप्रमुख तथा खोप अनुसन्धान तथा विकासका प्रमुख काथ्रिन जानसेनले एक अन्तरवार्तामा भनेकी छिन्, ‘यो ऐतिहासिक पल हो । यो महामारी विध्वंशकारी अवस्था थियो, र हामीले अहिलेसम्म कसैले हासिल गर्न नसकेको उपलब्धि हासिल गरेका छौं । यो वर्षभित्र हामी कोभिड१९ विरुद्धको खोप लिएर आउनेछौं ।’

सम्बन्धित
Leave A Reply

Your email address will not be published.