बैंकका सीइओको कमाइ कति हुन्छ ? यी हुन् नेपालकै महंगा १० सीइओ

काठमाडौं । २ करोड ६५ लाख १० हजार रुपैयाँ तलब/भत्ता । त्यो पनि नेपालमै आफ्नै घरपरिवारसँग बसेर ।

तपाईंलाई पत्यार नलाग्न पनि सक्छ । तर, यो सत्य हो । र, गर्न सक्नेले नेपालमै पनि मालामाल कमाउँछन् भन्ने ज्वलन्त उदाहारण पनि हो यो ।

नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति पाँडेले गत वर्ष बैंकबाट तलब र भत्ता गरी २ करोड ६५ लाख १० हजार रुपैयाँ बुझेका छन् ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक वित्तीय विवरणमा सीइओ पाँडेले सो रकम बुझिलिएको उल्लेख छ ।

इन्भेष्टमेन्ट बैंकका सीइओ पाँडे नै नेपाली बैंकिङ क्षेत्रको सबैभन्दा महंगो व्यक्ति हुन् । तर, यो वर्ष पाँडे सीइओ भएको बैंकले भने प्रगति गर्न सकेको छैन ।

 

सञ्चालक समितिमा समेत यति महंगा सीइओको पफर्मेन्समाथि पटक-पटक प्रश्न उठ्न थालेको छ । बैंकको नाफा १० प्रतिशतले घटेको छ भने खराब कर्जा ३०० प्रतिशतले बढेको छ । निक्षेप र कर्जाको वृद्धिदर पनि सन्तोषजनक छैन ।

 

सीइओलाई धेरै तलबभत्ता दिने दोस्रो बैंक हो स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल । गत वर्ष सीइओ रहेका जोसेफ सिल्भानुसले बैंकबाट २ करोड ५१ लाख ५५ हजार रुपैयाँ बुझेका थिए । मासिकरुपमा यो २० लाख ९६ हजार २ सय ५० रुपैयाँ हो । उनी अहिले सीइओ छैनन् ।

सीइओलाई तेस्रो धेरै तलबभत्ता दिने बैंक हो नविल बैंक । सर्वाधिक नाफा कमाउने नविल बैंकले गत वर्ष सीइओको तलब र भत्तामा २ करोड ७ लाख रुपैयाँ खर्च गर्यो । मासिकरुपमा यो १७ लाख २५ हजार रुपैयाँ हो ।

गत वर्ष नविलमा केही महिना शसिन जोशी सीइओ र बाँकी अहिलेका सीइओ अनिल शाहले डेपुटी सीइओ भएर काम गरेका थिए ।

सीइओ पाण्डेले १ करोड ४ लाख ७८ हजार रुपैयाँ तलब, १ करोड ३० लाख २५ हजार रुपैयाँ भत्ता, १९ लाख ५९ हजार रुपैयाँ दशैं भत्ता र १० लाख ४८ हजार रुपैयाँ सञ्चय कोष गरी बैंकबाट कूल २ करोड ६५ लाख १० हजार रुपैयाँ लिएका हुन् । मासिक रुपमा हेर्दा पाँडेले बैंकबाट २२ लाख ९१ हजार ६६ रुपैयाँ लिएको देखिन्छ ।

ग्लोबल आइएमइ बैंक पनि सीइओलाई धेरै तलबभत्ता दिने बैंकहरुको सूचिमा चौथो नम्बरमा पर्छ । गत वर्ष सीइओ रहेका जनक शर्मा पौडेलले बैंकबाट तलब र भत्ता गरी १ करोड ९६ लाख ९३ हजार रुपैयाँ बुझेको बैंकले प्रकाशति गरेको वार्षिक वित्तीय विवरणमा उल्लेख छ । मासिकरुपमा यो १६ लाख ४१ हजार ८३ रुपैयाँ हो । अहिले उनी सीइओ छैनन् ।

त्यसैगरी, बैंकर्स संघका अध्यक्षसमेत रहेका नेपाल बंगलादेश (एनबी) बैंकका सीइओ ज्ञानेन्द्र ढुंगाना पाँचौ धेरै तलबभत्ता खान्छन् । ढुंगानाले गत वर्ष बैंकबाट १ करोड ८३ लाख ५८ हजार रुपैयाँ बुझेका छन् । मासिकरुपमा हेर्दा यो १५ लाख २९ हजार ८ सय ३३ रुपैयाँ हो ।

बैंकर भुवन दाहाल छैठौं बढी तलबभत्ता खाने सीइओमा पर्छन् । गत वर्ष दाहालले सानिमा बैंकबाट १ करोड ७४ लाख रुपैयाँ लिएका छन् । मासिकरुपमा यो १४ लाख ५० हजार रुपैयाँ हो ।

सातौं महंगो सीइओमा प्रभु बैंकका सीइओ अशोक शेरचन पर्छन् । शेरचनले गत वर्ष बैंकबाट १ करोड ६७ लाख ६१ हजार रुपैयाँ लिएका छन् । मासिकरुपमा यो १३ लाख ९६ हजार ७ सय ५० रुपैयाँ हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.