बैंकहरुको स्थिर र परिवर्तित ब्याजदरको फरक, घर सवारी कर्जामा कुन उपयुक्त ?

आम मानिसको चाहना, सपना र उदेश्य प्रायः आफ्नै घर र निजी सवारी साधन हुन्छ । निजी सवारी र घरको लागि बैंकबाट ऋण लिनुपर्ने हुन्छ ।

बैंक तथा वित्तीय संस्थामा हुने तरलताको कारण ब्याजदरमा उतारचढाव आउने गर्छ । जसले मासिक रुपमा तिनुपर्ने इएमआईमा फरक पर्ने गर्छ ।

नेपाल राष्ट्र बैंकले यस्ता आवधिक प्रकृतिका कर्जाको ब्याजदर स्थिर बनाउन निर्देशन दिएको थियो । सोही अनुसार बैंक तथा वित्तीय संस्थाले कात्तिक १ गतेदेखि घर, सवारी तथा आवधिक प्रकृतिका कर्जाको ब्याजदर स्थिर तथा परिवर्तित दुबै सार्वजनिक गरेका छन् ।

ग्राहकले बैंकको ब्याजदर हेरेर परिवर्तित वा स्थिर दुवैमा रोजेर आवधिक प्रकृतिका कर्जाका कर्जा लिन सक्छन् । परिवर्तित ब्याजदरमा कर्जा लिने ग्राहकलाई बैंकले प्रिमियम र बेसरेट जोडेर कर्जाको ब्याजदर तय गर्छन् भने स्थिरमा निश्चित समयावधिसम्मको लागि ब्याजदर निर्धारण गरी कर्जा प्रवाह गर्छन् ।

परिवर्तित ब्याजदरको कर्जामा भने बैंकले बेसरेट परिर्वतन गर्दा कर्जाको ब्याजदर पनि घटबढ हुन जान्छ, तर स्थिरमा तोकिएको समयावधिसम्म कर्जाको ब्याजदर पुर्वनिर्धारित नै कायम रहन्छ ।
बैंकहरुले कात्तिक १ गतेदेखि एक प्रकारका कर्जा घर, सवारी तथा अन्य आवधिक प्रकृतिका कर्जामा स्थिर र परिवर्तित दुबै प्रकारका ब्याजदर सार्वजनिक गरेका छन् । जसकारण ग्राहकलाई स्थिर र परिवर्तित ब्याजदर कुनमा कर्जा लिँदा उपयुक्त हुन्छ अन्यौल्ता भएको छ ।

प्रायजसो बैंकले सार्वजनिक गरेका स्थिर ब्याजदर परिवर्तितभन्दा ३/४ प्रतिशत महंगो छ । तर परिवर्तित ब्याजदरमा कर्जा लिँदा बेसरेट परिवर्तन हुँदै ब्याजदर स्थिरभन्दा पनि धेरैपनि पर्न जाने सम्भावना प्रवल हुन्छ । जसकारण घर, सवारी तथा आवधिक प्रकृतिका कर्जा स्थिर र परिवर्तित ब्याजदरमा लिनुभन्दा अघि बैंकको बेसरेटसाथै सो बैंकले बेसरेट परिवर्तन गर्ने प्रवृतिको पनि निक्यौल गर्न आवश्यक छ ।

कुन बैंकको परिवर्तित र स्थिरमा कति ब्याजदर

सेञ्चुरी बैंक :  बैंकको बेसरेट ८.७६ प्रतिशत छ । जसअनुसार बैंकले परिवर्तित ब्याजदरतर्फ घर कर्जामा १० वर्षसम्मको ११.७६ प्रतिशत, १५ वर्षसम्मको १२.२६ प्रतिशत र २० वर्षसम्मको १२.७६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै, सवारी कर्जामा ५ वर्षसम्म ११.७६ प्रतिशत, ७ वर्षसम्म १२.७६ प्रतिशत ब्याजदर तोकेछ ।

यस्तै स्थिर ब्याजदरतर्फ घर कर्जाको ५ वर्षसम्म ११.४९ प्रतिशत, १० वर्षसम्मको ११.९९ प्रतिशत र १० वर्षमाथिको १२.७४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै सवारी कर्जामा ५ वर्षको लागि ११.९९ प्रतिशत, ७ वर्षमाथिको १२.२४ प्रतिशत र ७ वर्षमाथि १२.९९ प्रतिशत स्थिर ब्याजदर  छ ।

बैंक अफ काठमाण्डू : हाल बैंकले लागु गरेको बेसरेट ७.८७ प्रतिशत हो । सोही बेसरेटमा आधारित रही बैंकले कर्जामा परिवर्तित ब्याजदर निर्धारण गरेको छ । कात्तिक १ गतेदेखि बैंकले घर र सवारीकर्जामा परिवर्तित तर्फ १२.८७ प्रतिशत ब्याजदर निर्धारण गरको छ । बैंकले स्थिर ब्याजदरतर्फ भने सवारी कर्जामा ५ वर्षका लागि ९.९९ प्रतिशत, ५ वर्षमाथि ११.९८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै, घर कर्जातर्फ भने १० वर्षमाथि १०.९८ प्रतिशत, १५ वर्षमाथि ११.९८ प्रतिशत र १५ वर्षमाथि १२.९८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

कृषि विकास बैंक : हाल बैंकको बेसरेट ८.५४ प्रतिशत छ । कात्तिक १ गतेदेखि लागू गरेको ब्याजदरमा बैंकले घर कर्जामा परिवर्तित ब्याजदरतर्फ १३.५४ प्रतिशत छ । घर कर्जामा नै बैंकले स्थिरतर्फ ५ वर्षको लागि ९.७५ प्रतिशत, १० वर्षको लागि १०.२५ प्रतिशत र १० वर्षभन्दा माथिमा ११.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै बैंकले घर खरिदका लागि ५ वर्षसम्म ९.७५ प्रतिशत, १० वर्षसम्म १०.२५ प्रतिशत र १० वर्षभन्दा माथि ११.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै बैंकले सवारी कर्जातर्फ परिवर्तित ब्याजदरमा १३.५४ प्रतिशतर र स्थिरतर्फ १०.५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

सिटिजन्स बैंक :  हाल बैंकको बेसरेट ८.९७ प्रतिशत छ । जस अनुसार बैंकलेक कात्तिक १ गतेदेखि कर्जाको परिवर्तित ब्याजदर लागू गरेको छ । परिवर्तित ब्याजदरमा बैंकले सवारी र घर कर्जा न्यूनतम ९.२२ प्रतिशतदेखि १३.९७ प्रतिशत ब्याजदर तोकेको छ ।

स्थिर ब्याजदरतर्फ घर कर्जामा ५ वर्षमाथि १०.५० प्रतिशत, ६ वर्षदेखि १० वर्षसम्म ११.५० प्रतिशत, ११ वर्षदेखि १५ वर्षसम्म ११.५० प्रतिशत र १६ वर्षभन्दा माथि १२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै, सवारी कर्जामा ५ वर्षमाथि निजीलाई १०.५० र व्यवसायीकलाई १२ प्रतिशत र निजी सवारी खरिदमा ६ वर्षदेखि १० वर्षसम्मलाई ११ प्रतिशत ब्याज बैंकले निर्धारण गरेको छ ।
सिभिल बैंक ः बैंकले हाल ९.५१ प्रतिशत बेसरेट कायम गरी पविर्तित ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । जसमा घर र सवारी कर्जाको १४.५१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एभरेष्ट बैंक :  हाल बैंकले ६.९२ प्रतिशत बेसरेट गरी परिवर्तित ब्याजदरका कर्जा प्रवाह गरिरहेको छ । जसमा घर र सवारी कर्जाको ब्याजदर न्यूनतम ९.४२ प्रतिशतदेखि ११.९२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ घर कर्जा ५ वर्षसम्म १०.९८ प्रतिशत, १० वर्षसम्म ११.९८ प्रतिशत र १० वर्षभन्दा माथि १३.४८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै, सवारी कर्जामा स्थिर ब्याजदर ३ वषसम्म १०.७३ प्रतिशत, ५ वर्षसम्म ११.४८ प्रतिशत र १० वर्षसम्म १२.४८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

ग्लोबल आइएमई बैंक :  हाल बैंकको बेसरेट ८.४२ प्रतिशत छ । जस अनुसार बैंकलेक कात्तिक १ गतेदेखि कर्जाको परिवर्तित ब्याजदर लागू गरेको छ । परिवर्तित ब्याजदरमा बैंकले ५ वर्षदेखि १५ वर्ष माथिका सवारी र घर कर्जा १४.४२ प्रतिशत ब्याजदर तोकेको छ ।

स्थिर ब्याजदरतर्फ घर कर्जामा ५ वर्षमाथि ७.९९ प्रतिशतदेखि ८.९९ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म ९ प्रतिशतदेखि ९.९९ प्रतिशत, १० वर्षदेखि १५ वर्षसम्म १० प्रतिशतदेखि १०.९९ प्रतिशत र १५ वर्षभन्दा माथि ११ प्रतिशतदेखि ११.९९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

साथै, सवारी कर्जामा ५ वर्षमाथि ८.९९ प्रतिशत र ५ वर्षमाथिलाई १० प्रतिशतदेखि ११.९९ प्रतिशत ब्याज बैंकले निर्धारण गरेको छ ।

हिमालयन बैंक : हाल बैंकको बेसरेट ७.७३ प्रतिशत छ । कात्तिक १ गतेदेखि लागू गरेको ब्याजदरमा बैंकले घर कर्जामा परिवर्तित ब्याजदरतर्फ १२.७३ प्रतिशत छ । घर कर्जामा नै बैंकले स्थिरतर्फ ५ वर्षको लागि ९.७५ प्रतिशत, १० वर्षको लागि १०.२५ प्रतिशत र १० वर्षभन्दा माथिमा ११.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

साथै बैंकले घर खरिदका लागि ५ वर्षसम्म ९.९९ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म १०.९९ प्रतिशत र १० वर्षदेखि १५ वर्षमा १२.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस्तै बैंकले सवारी कर्जातर्फ परिवर्तित ब्याजदरमा १२.७३ प्रतिशत ब्याजदर तोकेको छ । भने ३ वर्षसम्ममा ९.४९ प्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्ममा ९.९९ प्रतिशत र ५ वर्षदेखि ८ वर्षसम्म १०.९९ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ ।

कुमारी बैंक : हाल बैंकले ८.४९ प्रतिशत बेसरेट निर्धारण गरी परिवर्तित ब्याजदरका कर्जा प्रवाह गरिरहेको छ । जसमा घर र सवारी कर्जाको ब्याजदर १५.४९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ घर र सवारी कर्जा १ वर्षदेखि ५ वर्षसम्म १०.०५ प्रतिशत, ५ वर्षभन्दा माथि ११ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक : हाल बैंकले ८.३३ प्रतिशत बेसरेट कायम गरी परिवर्तित ब्याजदरका कर्जा प्रवाह गरिरहेको छ । जसमा घर र सवारी कर्जाको ब्याजदर १३.३३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ घर कर्जा १ वर्षको ८.४९ प्रतिशतदेखि ९.४९ प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म ८.९९ प्रतिशतदेखि ९.९९ प्रतिशत, ३ वर्षदेखि ५ वर्षसम्मको ९.९९ प्रतिशतदेखि १०.९९ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म ११.९९ प्रतिशतदेखि १२.९९ प्रतिशतसम्म र १० वर्षदेखि १५ वर्षसम्म १२.९९ प्रतिशतदेखि १३.९९ प्रतिशतसम्म स्थिर ब्याजदर बैंकले निर्धारण गरेको छ ।

त्यस्तै, सवारी कर्जामा स्थिर ब्याजद १ वर्षको ९.९९ प्रतिशतदेखि १०.९९ प्रतिशत, १ वर्षदेखि २ वर्षसम्म १०.९९ प्रतिशतदेखि ११.९९ प्रतिशत, २ वर्षदेखि ३ वर्षसम्म १२.४९ प्रतिशतदेखि १३.४९ प्रतिशत र ३ वर्षदेखि ५ वर्षसम्म १३.४९ प्रतिशतदेखि १४.४९ प्रतिशत स्थिर ब्याजदर बैंकले निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंक :  हाल बैंकले ८.३१ प्रतिशत बेसरेट निर्धारण गरी परिवर्तित ब्याजदरका कर्जा प्रवाह गरिरहेको छ । जसमा घर र सवारी कर्जाको ब्याजदर १३.३१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ घर कर्जा ५ वर्षसम्म ९.८९ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म १०.८९ प्रतिशत र १० वर्षभन्दा माथि ११.८९ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ । साथै सवारी कर्जातर्फ ५ वर्षसम्म ९.९९ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म १०.९९ प्रतिशत र १० वर्षभन्दा माथि १२.२४ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ ।
मेगा बैंक ः हाल बैंकको बेसरेट ८.१० प्रतिशत छ । जस अनुसार बैंकले कात्तिक १ गतेदेखि कर्जाको परिवर्तित ब्याजदर लागू गरेको छ । परिवर्तित ब्याजदरमा बैंकले सवारी र घर कर्जा १३.१० प्रतिशत ब्याजदर तोकेको छ ।

स्थिर ब्याजदरतर्फ घर कर्जामा र सवारी कर्जामा १ वर्षको लागि १३.१० प्रतिशत नै ब्याजदर निर्धारण गरेको छ ।

नबिल बैंक : बैंकले ६.८४ प्रतिशत बेसरेट कायम गरी कात्तिक १ गतेदेखि परिवर्तित ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । जसमा बैंकले घर र सवारी कर्जाको ब्याजदर ११.८४ प्रतिशत निर्धारण गरेको छ ।

यस्तै, स्थिर ब्याजदरतर्फ बैंकले घर कर्जा ५ वर्षसम्म १० प्रतिशत, ५ वर्षमाथि १० वर्षसम्म १०.५० प्रतिशत र १० वर्षमाथि ११ प्रतिशत ब्याजदरमा प्रवाह गरिरहेको छ । साथै सवारी कर्जा ५ वर्षसम्म १० प्रतिशत र ५ वर्षदेखि १० वर्षसम्म ११ प्रतिशत ब्याजदरमा प्रवाह गरिरहेको छ ।

नेपाल बंगलादेश बैंक :  हाल बैंकले ८.२० प्रतिशत बेसरेट निर्धारण गरी परिवर्तित ब्याजदरका कर्जा प्रवाह गरिरहेको छ । जसमा १० वर्षभन्दा माथिसम्मका घर कर्जाको न्यूनतम ९.२ प्रतिशतदेखि १३.२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै सवारी कर्जामा परिवर्तित ब्याजदरमा न्यूनतम ९.७ प्रतिशतदेखि १३.२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ घर कर्जा ५ वर्षसम्म ९.९९ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्म १०.९९ प्रतिशत र १० वर्षदेखि २० वर्षसम्म ११.४९ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ । साथै सवारी कर्जातर्फ ५ वर्षसम्म ९.९९ प्रतिशत र ५ वर्षभन्दा माथि १०.९९ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक :  बैंकले ६.९९ प्रतिशत बेसरेट कायम गरी कात्तिक १ गतेदेखि परिवर्तित ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । जसमा बैंकले ५ वर्षसम्मदेखि २० वर्षमाथि घर कर्जा न्यूनतम ८.८४ प्रतिशतदेखि १०.६५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । साथै, सवारी कर्जाको परिवर्तित ब्याजदरमा ५ वर्षदेखि ७ वर्षसम्म न्यूजतम ८.५४ प्रतिशतदेखि ११.१५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, स्थिर ब्याजदरतर्फ बैंकले घर कर्जा ५ वर्षसम्म ९.८५ प्रतिशत, ११ वर्षसम्म ११.४९ प्रतिशत र १० वर्षमाथि १३.३५ प्रतिशत ब्याजदरमा प्रवाह गरिरहेको छ । साथै सवारी कर्जा ५ वर्षसम्म १०.८५ प्रतिशत र ७ वर्षसम्म १२.८५ प्रतिशत ब्याजदरमा प्रवाह गरिरहेको छ ।

एनसीसी बैंक :  हाल बैंकले ८.२० प्रतिशत बेसरेट निर्धारण गरी परिवर्तित ब्याजदरका कर्जा प्रवाह गरिरहेको छ । जसमा ५ वर्षदेखि १० वर्षभन्दा माथिसम्मका घर कर्जाको १२.८३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथै सवारी कर्जामा परिवर्तित ब्याजदरमा १२.८३ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ घर कर्जा ५ वर्षसम्म ९.३५ प्रतिशत, १० वर्षसम्म ९.५८ प्रतिशत र १० बर्षभन्दा माथि १० प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ । साथै सवारी कर्जातर्फ ५ वर्षसम्म ९.२५ प्रतिशत र ५ वर्षभन्दा माथि १० वर्षसम्म ९.७५ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक :  हाल बैंकले ७.३४ प्रतिशत बेसरेट निर्धारण गरी परिवर्तित ब्याजदरका कर्जा प्रवाह गरिरहेको छ । जसमा बैंकले घर र सवारी कर्जाको न्यूनतम ८.८४ प्रतिशतदेखि १२.३४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ घर कर्जा १ वर्षसम्म ८.९९ प्रतिशत, ५ वर्षसम्म ९.९९ प्रतिशत, ७ सम्म १०.५ प्रतिशत र १० वर्षसम्म १२.५० प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ । साथै सवारी कर्जातर्फ ७ वर्षसम्म १०.७५ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ ।

एनआइसी एशिया बैंक :  हाल बैंकले ६.९८ प्रतिशत बेसरेट निर्धारण गरी परिवर्तित ब्याजदरका कर्जा प्रवाह गरिरहेको छ । कात्तिक १ गतेदेखि लागू गरेको ब्याजदरमा बैंकले घर कर्जामा परिवर्तित ब्याजदरतर्फ ५ वर्षदेखि १५ वर्षसम्म न्यूनतम १३.९८ प्रतिशत छ । घर कर्जामा नै बैंकले स्थिरतर्फ ५ वर्षको लागि १४ प्रतिशत, १० वर्षको लागि १४.५० प्रतिशत र १५ वर्षसम्म १५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै बैंकले ५ वर्षदेखि १० वर्षसम्मका सवारी कर्जातर्फ परिवर्तित ब्याजदरमा १३.९८ प्रतिशत ब्याजदर तोकेको छ । स्थिर ब्याजदरमा भने ५ वर्षसम्ममा १३ प्रतिशत, ७ वर्षसम्ममा १३.५० प्रतिशत र १० वर्षसम्म १४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

एनएमबी बैंक :  हाल बैंकले ७.८५ प्रतिशत बेसरेट निर्धारण गरी परिवर्तित ब्याजदरका कर्जा प्रवाह गरिरहेको छ । जसमा बैंकले घर कर्जा न्यूनतम ८.८५ प्रतिशतदेखि १२.८५ प्रतिशतसम्म र सवारी कर्जाको न्यूनतम ९.३५ प्रतिशतदेखि १२.८५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ घर कर्जा ५ वर्षसम्मदेखि १५ वर्षसम्म न्यूनतम ९.४९ प्रतिशतदेखि १२.२४ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ । साथै सवारी कर्जातर्फ ५ वर्षदेखि १५ वर्षसम्म न्यूनतम १०.२४ प्रतिशतदेखि १२.४२ प्रतिशत स्थिर ब्याजदर निर्धारण गरेको छ ।

प्रभु बैंक :  बैंकले ७.३३ प्रतिशत बेसरेट कायम गरी कात्तिक १ गतेदेखि परिवर्तित ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । जसमा बैंकले सवारी कर्जा १२.३३ प्रतिशत ब्याजदर निर्धारण गरी प्रवाह गरिरहेको छ ।
बैंकले ५ वर्षसम्मदेखि २५ वर्षमाथि घर कर्जा १२.३३ प्रतिशत ब्याजदरमा प्रवाह गरिरहेको छ ।

प्राइम बैंक :  बैंकले ८.६२ प्रतिशत बेसरेट कायम गरी कात्तिक १ गतेदेखि परिवर्तित ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । जसमा बैंकले घर र सवारी कर्जा १५.१२ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, स्थिर ब्याजदरतर्फ बैंकले घर कर्जा ५ वर्षदेखि २० वर्षसम्म न्यूनतम ११ प्रतिशतदेखि १२.५० प्रतिशतमा र सवारी कर्जा १०.५० प्रतिशतदेखि १२ प्रतिशतसम्म निर्धारण गरेको छ ।

राष्ट्रिय वाणिज्य बैंक :  बैंकले ५.८० प्रतिशत बेसरेट कायम गरी कात्तिक १ गतेदेखि परिवर्तित ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । जसमा बैंकले ५ वर्षसम्मदेखि १५ वर्षसम्म घर कर्जा न्यूनतम ७.३ प्रतिशतदेखि ८.८ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । साथै, सवारी कर्जाको परिवर्तित ब्याजदरमा न्यूजतम ८.३ प्रतिशतदेखि ९.०५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, स्थिर ब्याजदरतर्फ बैंकले घर कर्जा ५ वर्षसम्म ९ प्रतिशत, १० वर्षसम्म १० प्रतिशत र १५ वर्षसम्म ११ प्रतिशत ब्याजदरमा प्रवाह गरिरहेको छ । साथै सवारी कर्जा ७ वर्षसम्म ९.५० प्रतिशत ब्याजदरमा प्रवाह गरिरहेको छ ।

सानिमा बैंक :  हाल बैंकले ७.८७ प्रतिशत बेसरेट निर्धारण गरी परिवर्तित ब्याजदरका कर्जा प्रवाह गरिरहेको छ । जसमा बैंकले घर र सवारी कर्जा १२.८७ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, बैंकले स्थिर ब्याजदर तर्फ व्यक्तिगत आवधिक प्रकृतिका कर्जा १३ महिनादेखि ३ वर्षसम्म न्यूनतम ८.२५ प्रतिशतदेखि १३ प्रतिशतसम्ममा प्रवाह गरिरहेको छ ।

 सिद्धार्थ बैंक :  बैंकले ८.२० प्रतिशत बेसरेट कायम गरी कात्तिक १ गतेदेखि परिवर्तित ब्याजदरमा कर्जा प्रवाह गरिरहेको छ । जसमा बैंकले घर र सवारी कर्जाको १३.२ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

यस्तै, स्थिर ब्याजदरतर्फ बैंकले घर कर्जा ५ वर्षदेखि १० वर्षमाथि न्यूनतम ८.९९ प्रतिशतदेखि ११.५० प्रतिशत वर्षसम्म ब्याजदरमा प्रवाह गरिरहेको छ । साथै सवारी कर्जा ५ वर्षमाथि न्यूनतम ९.९९ प्रतिशतदेखि १०.९९ प्रतिशतसम्म ब्याजदरमा प्रवाह गरिरहेको छ ।

सनराइज बैंक : हाल बैंकले ७.८० प्रतिशत बेसरेट निर्धारण गरी परिवर्तित ब्याजदरका कर्जा प्रवाह गरिरहेको छ । जसमा बैंकले घर कर्जा न्यूनतम १२८ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।
यस्तै, स्थिर ब्याजदरतर्फ बैंकले घर कर्जा ५ वर्षसम्म १०.५० प्रतिशत, ५ वर्षदेखि १० वर्षमाथि ११ प्रतिशत र १० वर्षदेखि १५ वर्षसम्म ११.५० प्रतिशत ब्याजदरमा प्रवाह गरिरहेको छ । साथै सवारी कर्जा ५ वर्षसम्म ११ प्रतिशत र ५ वर्षदेखि ८ वर्षसम्म ११.५० प्रतिशत स्थिर ब्याजदरमा प्रवाह गरिरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.