बैंकहरुले फेरि घटाए ब्याजदर, अब कुन बैंकको कति ?

काठमाडौं : बैंक तथा वित्तीय संस्थाहरुले माघ १ गतेदेखि लागू हुने गरी कर्जा र निक्षेपको नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरुले निक्षेपको ब्याजदर झन् तल झारेका छन् । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षा गर्दै मुद्दति निक्षेपको माथिल्लो र बचतको न्यूनतम ब्याजबीचको अन्तर ५% भन्दा बढी हुन नहुने नीतिगत घोषणा गरेको थियो । बैंकहरूले मुद्दति निक्षेपमा धेरै र साधारण बचतमा कम मात्र ब्याज दिन थालेपछि हस्तक्षेप गर्न यस्तो व्यवस्था अघि सारिएको हो ।

यसको मुख्य उद्देश्य बैंक तथा वित्तीय संस्थाले बचतको ब्याजदर थप तल नझारुन् भन्ने पनि हो । तर, व्यवहारमा भने उल्टो प्रभाव देखिएको छ । बचतको ब्याजदर माथि जाने कुनै सम्भावना नै देखिएको छैन । बरु निरन्तर घटिरहेको छ । केही महिना पहिलासम्म साधारण बचतमा ६.५% सम्म ब्याज दिँदै आएका बैंकहरु अहिले एकाएक घटाएर १.५% सम्म ल्याएपछि सर्वसाधारण निक्षेपकर्ता त्रसित बन्न पुगेका छन् ।

अधिक तरलताकाबीच राष्ट्र बैंकले बचतको ब्याजदर धेरै घट्न नदिनका लागि ल्याएको नीतिले खासै काम गरेको छैन । निक्षेपको ब्याजदर अझै घट्छ कि भन्ने चिन्ता समेत सुरु भएको छ । बैंक ब्याजदर घट्दा सेयर बजारलाई भने प्रत्यक्ष फाइदा पुग्ने भएको छ । ब्याजदर निकै न्यून विन्दुमा आएका बेला सेयर बजार भने क्रमशः माथि जाने गर्छ । विगतका तथ्यांकहरुले पनि यसको पुष्टि गरिसकेको छ । 

यसैबीच, बैंकहरुले सार्वजनिक गरेका निक्षेप र कर्जाको नयाँ ब्याजदर हेरौं  

एनआइसी एसिया बैंक

माघ १ गतेबाट लागू हुने गरेर एनआइसी एसिया बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतको ब्याजदर १.५०% मात्र दिने जनाएको छ । सार्वजनिक नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपमा ६.५०% सम्म ब्याज पाइनेछ । बैंकको मंसिर मसान्तसम्मको आधार दर ६.६५% छ । यसमा ७% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले १३% देखि १५% सम्म ब्याजदर निर्धारण गरेको छ । 

नेपाल एसबीआई बैंक

नेपाल एसबीआई बैंकले बचतको ब्याजदर ०.५०% देखि ३% तोकेको छ भने व्यक्तिगत मुद्दतिको अधिकतम ६.५०% र न्यूनतम ३% निर्धारण गरेको छ । यता, बैंकको मंसिर मसान्तसम्मको बेस रेट ७.९३% छ । यसमा न्यूनतम १.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जाको ब्याजदर निर्धारण हुने बैंकले जनाएको छ । 

नबिल बैंक

नबिल बैंकले बचतमा न्यूनतम १.५०% देखि अधिकतम ३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले व्यक्तिगत मुद्दतिमा अधिकतम ६.५०% ब्याज दिने भनेको छ । यो एक वर्षभन्दा बढी समयको मुद्दतिको ब्याजदर हो । ३ महिना अवधिको मुद्दति ब्याजदर ४% निर्धारण गरेको छ ।

यता, बैंकको मंसिर मसान्तसम्म बेस रेट ६.१२%  छ । यसमा ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ । स्थिर ब्याजमा घर कर्जाका लागि बैंकले न्यूनतम ८.४९% देखि ११.५०% सम्म ब्याजदरमा कर्जा दिने बताएको छ । 

सेञ्चुरी कमर्सियल बैंक

सेञ्चुरी कमर्सियल बैंकले बचतको न्यूनतम ब्याज २.५०% र अधिकतम ४.५०% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.५०% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । अघिल्लो महिना एक वर्षभन्दा माथिको मुद्दति निक्षेपको लागि बैंकले ८% ब्याजदर दिएको थियो ।

यता, बैंकको मंसिर मसान्तसम्मको आधार दर ८.४७% रहेको छ । यसमा ३% देखि ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा दिइने बैंकको भनाई छ । यता, बैंकले घर कर्जाका लागि ११.४९% देखि १२.९९% स्थिर ब्याज दर निर्धारण गरेको छ । 

एनएमबि बैंक

एनएमबि बैंकले बचतको न्यूनतम ब्याजदर ३.१% र अधिकतम ५.१% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% र न्यूनतम ५.७५% निर्धारण गरेको छ । असोज मसान्तसम्मको अधारदर ७.८५% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.२५% देखि अधिकतम १२.२४% सम्म ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक

नेपाल बैंकले बचतको न्यूनतम ब्याज २.५०% देखि अधिकतम ४% सम्म ब्याजदर कायम गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% तोकेको छ । असोज मसान्तसम्म बैंकको आधार दर ६.८१% छ । यसमा १% देखि ४.६६% सम्म प्रिमियम थप गरेर कर्जा दिन्छ । यता, स्थिर कर्जाको ब्याजदर ९.३५५ देखि १३.९३% सम्म छ । 

कृषि विकास बैंक

कृषि विकास बैंकले बचतको न्यूनतम ब्याज ३.५०% निर्धारण गरेको छ भने अधिकतम ब्याजदर ५% छ । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७.२५% कायम गरेको छ । मुद्दतिको न्यूनतम ब्याजदर ६.२५% निर्धारण भएको छ । बैंकको मंसिर मसान्तसम्मको आधारदर ८.४८% छ । यसमा अधिकतम ५% सम्म प्रिंमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने बैंकले जानकारी दिएको छ । 

एभरेष्ट बैंक

एभरेष्ट बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ६.५०% तोकेको छ । मंसिर मसान्तसम्म बैंकको आधार दर ६.५०% छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । 

हिमालयन बैंक

हिमालयन बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७% र न्यूनतम ४% निर्धारण गरेको छ । मंसिर मसान्तसम्मको अधारदर ६.८८% रहेको छ । यसमा अधिकतम ५% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह गर्ने बैंकको भनाई छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.४९% देखि अधिकतम १०.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

माछापुच्छ्रे बैंक

माछापुच्छ्रे बैंकले बचतको न्यूनतम ब्याज २% देखि अधिकतम ४% सम्म निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याज ७% निर्धारण गरेको छ । मंसिर मसान्तसम्म बैंकको आधारदर ७.८२% छ । यसमा बैंकले ६.५०% सम्म प्रिमियम थप गरेर कर्जा दिने बैंकले जनाएको छ । 

मेगा बैंक

मेगा बैंकले बचतको न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर निर्धारण गरेको छ । यसअघि पुस महिनामा बैंकले बचतको न्यूनतम २.५०% देखि अधिकतम ४.५०% सम्म ब्याजदर निर्धारण गरेको थियो । व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ७% रहेको छ । यो एक वर्षभन्दा धेरै मुद्दति निक्षेपका लागि हो । मंसिर मसान्तसम्म बैंकको आधार दर ७.५९% छ । यसमा न्यूनतम अधिकतम ५% सम्म प्रिमियम थप गरेर ऋण प्रवाह गर्ने मेगाको भनाई छ । 

ग्लोबल आइएमई बैंक

ग्लोबल आइएमई बैंकले बचतमा न्यूनतम २% ब्याजदर निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिमा अधिकतम ७% ब्याज निर्धारण गरेको छ । बैंकको असोज मसान्तसम्मको ब्याजदर ७.२५% छ । यसमा ६% सम्म प्रिमियम थप गरेर कर्जा प्रवाह हुने बैंकले जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ७.९९% अधिकतम १३.९९% सम्म ब्याजदरमा कर्जा प्रवाह गर्ने बैंकले बताएको छ । 

सनराइज बैंक

सनराइज बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ३.५०% सम्म ब्याज दिने भएको छ । यता, मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ७% ब्याज निर्धारण गरेको छ । मंसिर मसान्तसम्मको बैंकको आधार दर ७.२४% रहेको छ । यसमा ६% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्ने जनाएको छ । बैंकले स्थिर ब्याजदरको लागि न्यूनतम १०.५०% देखि अधिकतम १३.५०% सम्म ब्याजदर निर्धारण गरेको छ । 

प्रभु बैंक

प्रभु बैंकले बचतको न्यूनतम ब्याजदर २% र अधिकतम ब्याजदर ४% निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ७.५०% ब्याजदर निर्धारण गरेको छ । बैंकको असोज मसान्तसम्मको आधारदर ७.३९% कायम भएको छ । यसमा अधिकतक ४% सम्म प्रिमियमथप गरेर बैंकले कर्जा दिने जनाएको छ । स्थिर ब्याजदरको लागि न्यूनतम ९.९९% देखि अधिकतम ११.९९% ब्याजदर निर्धारण गरेको छ । 

सिभिल बैंक

सिभिल बैंकले बचतको न्यूनतम ब्याज ३% र अधिकतम ५% राखेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ८% कायम गरेको छ । यो एक वर्षभन्दा माथिको मुद्दतिको ब्याजदर हो । त्यस्तै, तीन महिनासम्मको मुद्दति निक्षेपको ब्याजदर ५.५०% कायम भएको छ । यता, बैंकको मंसिर मसान्तसम्मको आधार दर ८.८८% रहेको छ । यसमा ३% देखि ६% सम्म प्रिमियम थप गरेर विभिन्न कर्जा बैंकले दिइने बैंकको भनाई छ । 

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले बचतको न्यूनतम ब्याजदर २.७५% र अधिकतम ४% तोकेको छ । व्यक्तिगत मुद्दतिको अधिकतम ब्याज ७.७५% र न्यूनतम ६% निर्धारण गरेको छ । स्थिर कर्जाका लागि बैंकले न्यूनतम ९.९९% देखि अधिकतम १२.९९% सम्म ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी बैंक
 

लक्ष्मी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर तोकेको छ । मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ३ महिनाका लागि ६% र एक वर्ष माथि ७% सम्म ब्याजदर दिन्छ । बैंकको मंसिरसम्मको आधार दर ७.७४% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा दिन्छ । 

कुमारी बैंक

कुमारी बैंकले बचत खातामा न्यूनतम २% देखि अधिकतम ४% ब्याजदर तोकेको छ । बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा ५% देखि ७% सम्म ब्याजदर तोकेको छ । त्यसैगरी कर्जातर्फ विभिन्न प्रकारको लोनमा आधार दरमा अधिकतम ७% सम्म प्रिमियम तोकेको छ । बैंकको मंसिर महिनामा आधार दर ८.०१% छ । बैंकले न्यूनतम १०.५०% देखि अधिकतम ११% सम्ममा स्थिर कर्जा दिने जनाएको छ । 

सानिमा बैंक

सानिमा बैंकले बचतको ब्याज न्यूनतम २% र अधिकतम ब्याजदर ४% निर्धारण गरेको छ । व्यक्तिगत मुद्दतिको ब्याजदर अधिकतम ६.५०% र न्यूनतम ५.५०% निर्धारण गरेको छ । यता, मंसिर मसान्तसम्मको आधार दर ६.९०% छ । यसमा ५% सम्म प्रिमियम थप गरेर बैंकले कर्जा प्रवाह गर्दै आएको छ । 

सिद्धार्थ बैंक

सिद्धार्थ बैंकले माघ महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचतमा न्यूनतम २% देखि अधिकतम ४% सम्म ब्याजदर दिने उल्लेख गरेको छ । बैंकले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ न्यूनतम ६% देखि अधिकतम ७% सम्म ब्याजदर दिने भएको छ ।

यता, यसको मंसिर महिनामा आधार दर ७.५६% छ । बैंकले विभिन्न प्रकारका ऋण दिँदा आधार दरमा न्यूनतम ३.५०% देखि अधिकतम ५% सम्म प्रिमियम थप गर्ने जनाएको छ । स्थिर ब्याजदरको लागि बैंकले न्यूनतम ८.४९% देखि अधिकतम ११.४९% सम्म ब्याजदर निर्धारण गरेको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.