ब्रिटानियाले सिमरामा उद्योग स्थापना गर्न जग्गा किन्यो, डेढ वर्षभित्र उत्पादन थाल्ने

वीरगञ्ज।
भारतीय चर्चित ब्राण्ड ब्रिटानियाले जितपुर सिमरा उपमहानगरपालिकामा उद्योग स्थापना गर्ने भएको छ।
एक अर्ब ११ करोड रुपैयाँ लगानीमा उपमहानगरपालिका २ नम्बर वडामा उद्योग स्थापना गर्ने भएको हो।बंगलादेशको बहुराष्ट्रिय कम्पनी प्रानको उद्योग नजिकै जग्गा किनिसकेको छ।उद्योगबाट डेढ वर्षभित्रै उत्पादन थाल्ने लक्ष्य छ।पूर्ण विदेशी लगानीमा उद्योग स्थापनाको स्वीकृति उद्योग विभागबाट पाइसकेको विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालले बताए।
‘ कम्पनीका भारतीय अधिकारीनै उपस्थित भएर २० दिन अगाडि उद्योग स्थापनाको स्वीकृत गराएका हुन् ,  विभागका उद्योग दर्ता शाखाका नायब सुब्बा मोहन दाहालले बिजमाण्डूसँग भने,‘ कम्पनीले उद्योग स्थापनाको कार्य पनि शुरु गरिसकेको र डेढ वर्षमै कम्पनी सञ्चालनमा आउँछ ।’उद्योगमा ३ सय ४५ जनालाई रोजगारी पाउनेछन्।कम्पनीले वार्षिक १४ हजार टन विस्कुट उत्पादनको लक्ष्य लिएको छ।

अत्याधुनिक प्लान्टबाट विस्कुट उत्पादन गर्नेछ। भारतको वाडिया ग्रुपको लगानीमा स्थापित ब्रिटानिया कम्पनीले वार्षिक एक खर्ब रुपैयाँको कारोबार गर्छ । भारत र दक्षिण एसियामै ब्रिटानियाको उत्पादन लोकप्रिय छन् ।

ब्रिटानियाले उत्पादन गर्ने गुडडे र मेरी गोल्ड बिस्कुट लोकप्रिय ब्राण्ड हुन्।गुणस्तरीय विस्कुट उत्पादन गर्ने भएकोले लोकप्रिय छ।अहिले नेपालमा भारतीय विस्कुटले बजार कब्जा गरेका छन्।भारतीय विस्कुटका कारण स्वदेशी उद्योग संकटमा परेका छन्।ब्रिटानियाको प्रवेशसँगै बिस्कुट बजारमा प्रतिस्पर्धा थपिनेछ।अहिले भारतीय विस्कुट पार्लेजीको बजार हिस्सा समेत ठूलो छ।अहिले स्वदेशी विस्कुट उद्योगमा करिब पाँच अर्ब लगानी छ।

Leave A Reply

Your email address will not be published.