भोलिबाट नाडा अटो शो २०२४ शुरू, देख्न सकिने छन् यी ब्राण्ड

मंगलबारबाट १६ औँ संस्करणको नाडा अटो शो २०२४ भृकुटी मण्डपमा शुरु हुँदै छ । नेपाल अटो मोबाइयल्स एसोसिएसन नेपालको आयोजनामा अटो प्रदर्शनी १६ गते सम्म हुन लागेको हो । नाडाका अनुसार प्रदर्शनीमा ७५ हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ । प्रदर्शन अवलोकन लागि खल्ती एपबाट २० प्रतिशत छुटमा टिकटको व्यवस्था गरिएको छ ।

यसवर्ष नाडाले यो प्रदर्शनीलाई विद्युतीयमा सवारी साधानमा जोड दिएको छ। जसलाई ‘टाटा।ईभी प्रस्तुत नाडा अटो शो २०२४ ’को नाम दिएको हो । पछिल्लो समय आम उपभोक्तामा विद्युतीय सवारी साधन माग बढ्दो छ । चालू आर्थिक वर्षको साउन महिनामा मात्रै ३८१ वटा विद्युतीय सवारी साधन आयात भएको छ । भन्सार विभागका अनुसार साउनमा ८९ करोड ७० लाख २१ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात भएको हो । जुन गत आर्थिक वर्षको साउन महिनाको तुलनामा ५५ करोड ६४ लाख रूपैयाँले बढी हो । गत आर्थिक वर्षको साउनमा ११० वटा मात्रै विद्युतीय सवारी साधन आयात भएको थियो । विभागका अनुसार ३४ करोड ६ लाख रुपैयाँको सवारी साधन आयात भएको थियो ।

चालु आर्थिक वर्षको साउनमा सबैभन्दा बढी ५१ किलोवाटदेखि सय किलोवाटसम्मको ५८ करोड ६८ लाख रुपैयाँको सवारी साधन आयात भएको छ। विभागका अनुसार २८ करोड ९८ लाख रुपैयाँ बराबरको १६१ वटा ५० किलोवाटसम्मका क्षमताका विद्युतीय सवारी आयात भएको हो । यसले पनि हाम्रो देशमापछिल्लो समय विद्युतीय सवारी साधानको माग बढ्दो भन्ने संकेत गर्दछ ।

त्यस्तै, सरकारले पनि विद्युत्तीय सवारी साधनलाई प्राथमिकता दिदैं वातावरण प्रदूषण कम गर्न सरकारको नीति छ । अहिले पनि काठमाडौं उपत्यकासहित विभिन्न ठूला तथा साना रुटमा विद्युतीय सवारी साधनको बाहुल्यता उलेख्य बढेको देखिन्छ । त्यसैलाईमध्यनजर गर्दै यसवर्ष इभिमैत्री अटो शो गर्न लागेको नाडा एसोशिएसनका अध्यक्ष करण चौधरीले बताए ।

नाडा अटो शो २०२४ मा करिब एक दर्जन नयाँ विद्युतीय सवारी ब्रान्डले सहभागिता जनाउँदै छन्। नयाँ ब्रान्ड र यसअघि नै सवारी बिक्री गर्दै आएका ब्रान्डसमेतको गर्दा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल नाडा अटो शोमा प्रदर्शनीका लागि राखिने एसोसोसिएसनले जनाएको छ ।

अटो शोमार्फत सीजी मोटर्सले रेडारा, एक्सपेङ र अवतार ब्रान्ड प्रदर्शनीमा राख्दैछ। यी तीनवटै ब्रान्ड नेपाली बजारमा पहिलो पटक प्रवेश गर्न लागेका हुन्। यी सबै नयाँ ब्राण्ड भोलि प्रदर्शनीमा देख्न सकिने छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.