मंसिर २ गते सार्वजनिक विदा दिने निर्णय, कारण यस्तो छ

यसपटक तिहार विदा ४ दिन हुने भएको छ । 

पूर्व निर्धारित कात्तिक २९, ३० र मंसीर १ गतेका अतिरिक्त मंसीर २ गते पनि विदा दिने निर्णय सरकारले गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्  बैठकले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ । १ गते नेपाल सम्बत्को नयाँ वर्ष परेकाले नेवार समुदायले भोलिपल्टमात्र भाइटीका अर्थात किजा पूजा मनाउने भएकाले सरकारले २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको हो । 

तिथि घटबढका कारण यसपटक कुकुर तिहार र लक्ष्मी पूजा एकैदिन अर्थात २९ गते परेको छ भने १ गते पनि गोबद्र्धन पूजा र भाइटीका परेको छ । तर नेवार समुदायले भने मंसिर १ गते नेपाल संवत् नयाँ वर्षको पहिलो दिन म्हपूजा र मंसिर २ गते मंगलबार किजापूजा (भाइटीका) गर्दैछन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.