महिनामा १० हजार ९ सय रुपैयाँ बुझाउनेगरी डाट्सनका गाडी किन्न पाइने

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

डाट्सन गाडीका लागि नेपालमा आधिकारिक विक्रेता पायनियर मोटोकर्पले ‘आज किनौँ पछि तिरौँ’ अफर ल्याएको छ। गाडीमा खरिदकर्ताले १० हजार ९ सय ७ रुपैयाँ मासिक रकम (व्याज र साँवाको हिस्सा) बुझाउनेगरी ३० प्रतिशत रकम पहिले भुक्तानी गरे पुग्नेछ।
व्याजदर ७. ९९ प्रतिशतमै कर्जा पाउने कम्पनीले जनाएको छ। त्यस्तै आकर्षक नगद छुट, पुनः विक्री सुविधा, निशुल्क बिमा, निशुल्क सडक रक, फ्रि एसेसरिज, ३ वर्ष वारेन्टी र ३ वर्ष निशुल्क सर्भिसिङ सेवा पनि पाउने बताइएको छ।
टाइम्स अटो अवार्डस्मा २०१६ सब कम्प्याक्ट कार अफ दी इयरका रुपमा डाट्सन रेडी गो सम्मानित भएको कार हो। यसअघि स्मल कार अफ दी इयर, फ्लाइह्विल अटो अवार्ड, पिपुल्स च्वाइस कार एण्ड बाइक अवार्डमा ह्याचब्याक अफ दी इयर लागतयबाट डाट्सन सम्मानित भएको छ।
यिनै सम्मानको खुसीयाली मनाउन अहिले विशेष अफर ल्याइएको कम्पनीले जनाएको छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.