माछापुच्छ्रे बैंक र फेकन बीच व्यवसायिक सम्झौता

काठमाडौँ –माछापुच्छ्रे बैंक र फेकन बैंकिङ्गबीच विशेष बैंकिङ्ग सेवा प्रदान गर्ने सम्बन्धीमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा फेकनका अध्यक्ष बासु नेपाल र माछापुच्छ्रे बैंकका व्यवसाय अधिकृत टिका भट्टराईले हस्ताक्षर गरेका छन् । सम्झौतापश्चात फेकनमा आवद्ध कन्सल्टेन्सीहरुलाई बैंकले शैक्षिक कर्जा एवम् अन्य आवश्यक बैंकिङ्ग सेवा सरल र सहज रुपमा उपलब्ध गराउने छन् । बैंकले आफ्ना सम्पूर्ण शाखा सञ्जालबाट संघतथा संघमा आवद्ध कन्सल्टेन्सीहरुलाई निक्षेप खाता,शैक्षिक कर्जा तथा अन्य बैंकिङ्ग सुबिधाहरुमा बिशेष सहुलियत प्रदान गर्ने छ । साथै उक्त सम्झौता अनुसार माछापुच्छ्रे बैंकका ग्राहकहरुले फेकन सँग आवद्ध कन्सल्टेन्सीहरुबाट सजिलै शैक्षिक शुल्क भुक्तानीगर्न सक्नेछन् ।
माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, ९ एक्सटेन्सन काउन्टर,१६७ शाखारहित बैंकिङ्ग सेवा तथा २०७ एटिएम मार्फत १३ लाखभन्दा बढी ग्राहकहरुलाई अत्याधुनिक सेवा प्रदान गर्दै आइरहेको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.