मुक्तिनाथले कसरि गर्यो लोभलाग्दो प्रगति ? ३९ प्रतिशतले मुनाफा बढाउँदा सेयरमा लगानी कति फाइदामुलक ?

काठमाडौं ।

मुक्तिनाथ विकास बैंकले समिक्षा अवधिमा ८४ प्रतिशतले चुक्ता पुंजी बढाउँदा पनि ३९ प्रतिशतले खुद मुनाफा बढाउन सफल भएको छ। गत आर्थिक बर्षमा बैंकले ४९ करोड ६३ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैंकले ३५ करोड ८६ लाख रुपैयाँ मुनाफा गरेको थियो।

राष्ट्रिय स्तरको बिकास बैंकको रुपमा बैंकिङ सेवा प्रदान गर्दै आएको मुक्तिनाथ विकास बैंकले हालै मात्र राजधानीमा आफ्नो मुख्य कार्यालय स्थानान्तरण गरेको छ। बैंकले गत आर्थिक बर्षमा कारोबार र व्यापारलाई व्यापक विस्तार गर्दै १६ अर्ब ७७ करोड निक्षेप संकलन गरि १५ अर्ब ३१ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आर्थिक बर्षको यस अवधिमा बैकले ११ अर्ब २९ करोड निक्षेप संकलन गरि ९ अर्ब ९० करोड कर्जा प्रवाह गरेको थियो।

निक्षेप संकलन र कर्जा प्रवाहमा उल्लेख्य प्रगति गरेको यस बैंकले खराब कर्जा अनुपात समेत नियन्त्रण राख्दै शुन्य दशमलब ०९ प्रतिशतबाट शुन्य दशमलब ०२ प्रतिशतमा झारेको छ। गत आर्थिक बर्षमा ६० लाख उठ्न नसकेको खराब कर्जा उठाउन सफल भएको छ। त्यस्तै गत आर्थिक बर्षमा बैंकले १ अर्ब ३ करोड खुद ब्याज आम्दानी गरेको छ भने १ अर्ब २५ करोड रुपैयाँ संचालन मुनाफा गरेको छ।

बैंकले राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी २ अर्ब ५० करोड पुर्याउन समिक्षा अवधिमा हकप्रद र बोनस मार्फत चुक्ता पुंजी ८४ प्रतिशतले बढाउँदा समेत जगेडा कोष रकमलाई ५० करोड ३३ लाखबाट ७७ करोड ६० लाख पुर्याएको छ।

यस अवधिमा बैंकको प्रति सेयर आम्दानी ३२ रुपयाँ २४ पैसा, मूल्य आम्दानी अनुपात ३० दशमलब २४ गुणा, कर्जा निक्षेप अनुपात ७० दशमलब ५२ प्रतिशत, प्रति सेयर नेटवर्थ १४९ रुपैयाँ ८ पैसा रहेको छ।

बैंक चालु आर्थिक बर्षमा नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्काशन गर्ने अनुमति पाउनेमा पहिलो बैंक बनेको छ। बैंकले ४० प्रतिशत हकप्रद अर्थात १ करोड ७० लाख रुपैयाँ बराबरको ६१ लाख ७० हजार ८ सय ६५ दशमलब ०४ कित्ता हकप्रद जारी गर्ने अनुमति पाएको हो। हकप्रद बिक्रि तथा बितरण पश्चात बैंकको चुक्ता पुंजी २ अर्ब १५ करोड पुग्ने छ। त्यसपश्चात राष्ट्र बैंकले तोकेको चुक्ता पुंजी पुर्याउन बैंकले चालु आर्थिक बर्षमा  करिब १६ प्रतिशत बोनस सेयर वितरण गर्नु पर्ने छ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.