मुग्लिन–नारायणगढ सडकखण्डको दुरावस्थाले चितवनको पर्यटन जोखिमा

आर्थिक समाचार

काठमाडौं, २५ चैत ।

मुग्लिन–नारायणगढ सडकको दुराबस्थाका कारण सौराहको पर्यटन जोखिममा परेको भन्दै व्यवसायीहरुले चिन्ता व्यक्त गरेका छन् । होटल संघ नेपाल (हान)ले आयोजना गरेको अन्तरक्रिर्या कार्यक्रममा पर्यटन व्यवसायीहरुले सडकमार्गबाट पर्यटकहरु चितवन जान नमान्ने गरेको भन्दै काठमाडौं–भरतपुर रुटमा उडान संख्या बढाउन विमान कम्पनीहरुलाई आग्रह गरे ।

उनीहरुले टूर अपरेटरहरुले चितवनलाई पर्यटकीय गन्तव्यको सूचीबाट हटाई दिए नेपालको पर्यटनमै अर्को समस्या आउनै भन्दै सबैले सचेत आवश्यक रहेको होटल संघ नेपाल सौराहका अध्यक्ष सुमन घिमिरेले बताए । उनले विमान कम्पनीहरुलाई भरतपुर–पोखरा रुटमा उडान सुरु गर्न आग्रह पनि गरे ।

संघका अनुसार चितवनमा साना–ठुला गरि १५० वटा होटल संचालनमा रहेका छन् । ती होटलमा ८ अर्व लगानी रहेको छ । विगतका वर्षहरुमा ६० प्रतिशत अकुपेन्सी हुने यो समयमा अहिले ४० अकुपेन्सीदर ४० प्रतिशत पनि नपुगेको व्यवसायीहरुले बताए । जसले गर्दा होटलको लगानी थप जोखिमा रहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.