मुद्रास्फीति घट्दा अमेरिकी सेयर बजारमा उछाल, विश्व बजारमा कस्तो पर्ला प्रभाव ?

मुद्रास्फीति घटेसँगै अमेरिकी सेयर बजारमा उछाल आएको छ। मुद्रास्फीति घटेसँगै बिहीबार अमेरिकी बजारमा बलियो बाउन्स ब्याक भएको हो। ३० कम्पनी रहेको अमेरिकी परिसूचक डाउ जोन्स ३ प्रतिशतले बढेको छ। न्युयोर्क स्टक एक्सचेन्जको नास्डक पनि ६ प्रतिशत र एस एन्ड पीमा ४ प्रतिशतको उछाल देखिएको छ।

अमेरिकी सरकारले सार्वजनिक गरेको तथ्यांकमा अक्टोबर महिनामा मुद्रास्फीति दर घटेको छ। जसका कारण अमेरिकी बजारमा बिहीबार बलियो उछाल आएको हो। अमेरिकाबाट आएको यो सुखद् संकेतले विश्व बजारमा पनि सकारात्मक पर्न सक्ने विज्ञहरुले बताएका छन्।   अमेरिकामा अक्टोबर महिनामा मुद्रास्फीति दर ७.७ प्रतिशतमा झरेको छ। यसअघि सेप्टेम्बरमा यो ८.२ प्रतिशत थियो।

मुद्रास्फीति केही वर्षयताकै उच्च तहमा पुगेकाले अमेरिकी केन्द्रीय बैंकले आक्रामक रुपमा ब्याजदर बढाउनुपरेको छ। अब मुद्रास्फीति दरमा आएको गिरावटका कारण अमेरिकी केन्द्रीय बैंकले आफ्नो ब्याजदर बढाउने गतिलाई सुस्त बनाउन सक्ने अनुमान गरिएको छ। –एजेन्सी

सम्बन्धित
Leave A Reply

Your email address will not be published.