मोबाइलको फोटो डिलिट भयो ? यसरी फिर्ता पाउनुहोस्

घुम्न जाँदा होस् होस् वा कुनै कार्यक्रममा वा साथीभाइसँग भेटघाटमा हुँदा नै किन नहोस्, हामी आफ्नो मोबाइलमा फोटो खिच्न तल्लीन हुन्छौं । फोटोले हाम्रो विगतको याद ताजा बनाउँछ । जुन कुरा हामीलाई सम्झिन कठिन हुन्छ सो कुरा फोटो वा भिडियो हेरेर सजिलै याद गर्न सक्छौं । आजकाल मोबाइलको सहजताले गर्दा फोटो खिच्न सजिलो भएको छ ।
यसरी मोबाइलमा जम्मा गरेका तस्बिरहरू अचानक डिलिट हुँदा हाम्रो वर्षौं अगाडिको याद पनि सोही तस्बिरसँगै डिलिट हुन पुग्छ । आउनुहोस्, यदि तपाईंको स्मार्टफोनमा भएको फोटो, भिडियो वा डाटा डिलिट भयो भने कसरी रिकभर गर्ने, सोबारेमा जानकारी लिऊँ ।
तपाईंले यो सजिलो तरिकाले आफ्नो डिलिट भएको फोटो वा भिडियो प्राप्त गर्न सक्नुहुन्छ ।
सबै एन्ड्रोइड फोनसँग गुगलको फोटो एप हुन्छ । गुगल फोटोहरूमा फोटो ब्याकअपको विकल्प पनि छ, जसको सहायताले तपाईं गुगल ड्राइभमा फोटो पनि ब्याकअप गर्न सक्नुहुनेछ ।
यदि तपाईंको फोटो गुगल फोटोबाट पनि डिलिट भएको छ भने त्यहाँ ट्र्यास अथवा बिन हुने गर्छ, त्यसमा हेर्नुहोस ।
त्यहाँ डिलिट भएका तपाईंका सबै फोटो हुने गर्छ । त्यहाँबाट आफूलाई चाहिने फोटो रिकभर गर्नुहोस्, पुरानो ठाउँमा आएर बस्छ ।

मेमोरी कार्डबाट डिलिट भएमा
यदि तपाईंको फोटो मेमोरी कार्डमा थियो र त्यहाँबाट डिलिट भयो भने यसरी फिर्ता ल्याउनुहोस् ।
पहिला मेमोरी कार्डलाई झिकेर कार्ड रिडरमा राख्नुहोस् र डाटा केबलद्वारा कम्प्युटरमा जोड्नुहोस् ।
डाटा रिकभर गर्न आफ्नो कम्प्युटर वा ल्यापटपमा यो ‘एजअस डाटा रिकभरी विजार्ड’ सफ्टवेयर डाउनलोड गर्नुहोस् ।
यदि एन्ड्रोइड फोनमा हो भने सजिलो गरी फोटो र भिडियो डाउनलोड गर्नका लागि ‘डिस्क डिग्गर’ सबैभन्दा सजिलो छ र सित्तैंमा पाइन्छ । तर तपाईंलाई फोटो वा भिडियोबाहेक अरू डाटा पनि रिकभर गर्नुपर्नेछ भनेचाहिँ तपाईंले पैसा तिर्नुपर्ने हुन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.