मोरङ–३ बाट चुनाव लड्ने रेखा थापाको घोषणा

कलाकार रेखा थापाले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिने भएकी छन् ।

राप्रपाकी केन्द्रीय सदस्य थापाले मोरङ–३ बाट उम्मेदवारी दिने भएकी छन् । यसलाई राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले पुष्टि गरेका छन् । ‘मोरङ–३ बाट रेखा थापाको उम्मेदवारी पर्ने सम्भावना बलियो छ,’ उनले भनिन् ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाअधिवेशनमा महामन्त्री पदमा थापाले उम्मेदवारी दिएकी थिइन् । तर, उनी कुन्ती शाहीसँग पराजित हुन पुगिन् ।

अब आगामी ४ मंसिरमा हुने प्रतिनिसिसभा सदस्यमा निर्वाचनमा उनी प्रत्यक्षबाट उठ्न लागेकी हुन् । २०७४ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा मोरङ–३ बाट एमालेका भानुभक्त ढकाल निर्वाचित भएका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.