मौद्रिक नीतिलाई बजारको ‘लालझण्डा’ !

काठमाण्डौ ।

आर्थिक वर्ष २०७४/७५ को मौद्रिक नीतिलाई सेयर बजारले लालझण्डा देखाइदिएको छ । बजारका लागि खासै उत्साहप्रद नरहेको मौद्रिक नीतिपछि लगानीकर्तामा निराशा छाएको हो । यही कारण सोमबार नेप्से परिसूचक ८.९३ अंकले घटेको छ ।

उत्पादनमूलक समूहमा राम्रो बढोत्तरी भए पनि बाँकी सबै समूहको सूचकमा रातो पोतियो ।

सोमबार वाणिज्य बैंक(बैकिङ) समूह, बिमा र विकास बैंक समूह क्रमशः ८.७५, ५९.६३ र ११.५४ अंकले घटे । यस्तै, होटल, जलविद्युत, बित्त र अन्य समूह क्रमशः १५.०८, १६.५३, ३.०७ र ४.०४ अंकले घटे । उत्पादनमूलक भने ५५.७५ अंकले बढ्यो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स २.१३ अंकले घट्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्स पनि ०.७४ अंकले घट्यो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १ सय ५० कम्पनीका ५ लाख १ हजार कित्ता सेयर ६९ करोड ३५ लाख ९७ हजार ५ सय ४१ रुपैयाँमा किनबेच भयो । यो दिन सोल्टी होटलले सबैभन्दा बढी ७ करोड ३३ लाख बढीको कारोबार गर्यो । यस्तै, नेपाल लाइफ इन्स्योरेन्सले ३ करोड ८६ लाख, सेञ्चुरी कमर्सियल बैंकले ३ करोड ५० लाख, सानिमा बैंकले २ करोड ४८ लाख, एनसीसी बैंकले २ करोड २१ लाख, एभरेष्ट इन्स्योरेन्सले २ करोड २ लाख बढीको कारोबार गरे । यो दिन धेरै कारोबार गर्ने १० कम्पनीको सूचिमा ४ स्थान वाणिज्य बैंक, ३ स्थान बिमा कम्पनी, १ स्थान विकास बैंक, १ स्थान होटल र एक स्थान म्युचुुअल फण्डले कब्जा गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
सोमबार वल्र्ड मर्चेन्ट बैकिङ एण्ड फाइनान्स लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ८.३३ प्रतिशतले वृद्धि भयो । कुुबेर मर्चेन्ट फाइनान्स लिमीटेडको सेयर मूल्य ५.०५ प्रतिशतले बढ्यो भने अरुण फाइनान्सको मूल्य पनि ५ प्रतिशतको हाराहारीमा बढ्यो ।

यो दिन प्रोग्रेसिभ फाइनान्सले सबैभन्दा धेरै गुमायो । यो कम्पनीको मूल्य ६ प्रतिशतको हाराहारीमा घट्यो ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.