यस वर्ष शाहरुखबाहेक अन्य कलाकारका ३६ चलचित्र रिलिजको तयारीमा

मुम्बई । हलमा गएर ठूलो पर्दामा, अनि हल नै गुन्जिनेगरी ठूलो आवाजको मज्जा लिँदै चलचित्र हेर्न रुचाउने चलचित्रप्रेमीका लागि वर्ष २०२० निराशाजनक रह्‍यो । दर्शकले आशा गरेका केही चलचित्र रिलिज त भए तर ओटीटी प्लेटफर्ममा ।

यहि कारण २०२१ बलिउडप्रेमीहरुले निकै आशा गरिएको वर्ष हो । यो अपेक्षा धेरै गरिनुको कारण भनेको यस वर्ष, गत वर्ष रिलिज गरिने भनेको तर स्थगित भएका चलचित्र पनि रिलिज हुनेछन् । साथै यसै वर्ष रिलिज हुन तयार भएका चलचित्रहरु त छँदै छन् । यस वर्ष बलिउडका कैयौं कलाकारको चलचित्र रिलिज हुँदै छन् । जसमा खानदेखि, कपुर र बच्चन सम्मिलित छन् ।

सलमान खान ल्याउँदै तीनका तड्का
बलिउडका दबंग खान सलमानको हरेक वर्ष कम्तिमा एउटा चलचित्र रिलिज हुन्छ नै । तर वर्ष २०२१ मा भने सलमान खानका तीन वटा चलचित्र रिलिजको लाइनअपमा छन् ।

सलमान चलचित्र ‘राधे : योर मोस्ट वान्टेड भाइ’ सन् २०२० को इदमा रिलिज गर्ने तयारीमा थिए तर हुन सकेन । त्यसैले अब यो चलचित्र यस वर्ष अर्थात् २०२१ को इदमा रिलिज गर्ने योजना गरिएको छ । राधे को निर्देशन प्रभु देवाले गरेका हुन् । भने यसमा रणदीप हुड्डा र दिशा पटानीको पनि अभिनय छ । 

राधेका साथै चलचित्र ‘अन्तिम’ र ‘कभी इद, कभी दिवाली’ पनि यही वर्ष रिलिज हुने बताइएको छ । यस्तै ‘अन्तिम’ मा सलमान सँग उनका ज्वाई आयुष शर्मा पनि देखिनेछन् । यसको निर्देशन महेश मान्जरेकरले गरेका हुन् । सलमानको तेस्रो चलचित्र ‘कभी इद कभी दिवाली’ साजिद सामजीले निर्देशन गरेका हुन् ।

रणवीर सिंहकोसर्कसदेखि८३लाइनअपमा
अभिनेता रणवीर सिंहको पनि यस वर्ष तीनवटा चलचित्र रिलिज हुनेछन् । रणवीरको यस वर्ष रिलिजका लागि तयार रहेका चलचित्रमा ८३, जयेशभाई जोरदार र सर्कस छन् । 

पहिलो चलचित्र ‘८३’ सन् १९८३ मा भएको क्रिकेट वर्ल्डकपमा भारतको जितमा आधारित छ । जसमा रणवीरले कप्तान कपिल देवको भूमिका निभाउँदै छन् । कविर खानको निर्देशन रहेको यस चलचित्रमा रणवीरका साथै दीपिका पादुकोण, पंकज त्रिपाठी र ताहिर राज भसिनको मुख्य भूमिका छ ।

यस्तै सर्कसको निर्देशन रोहित सेट्टीले र जयेशभाइ जोरदारको निर्माण यशराज फिल्म्सले गरिरहेको छ । २०२० मा स्थगित भएपछि निर्माताहरु यसलाई हलमै रिलिज गर्न कुरिरहेका छन् ।

अक्षय आउँदैछन् वटा चलचित्रका साथ
अभिनेता अक्षय कुमारको सन् २०२० मा ओटीटी प्लेटफर्ममा रिलिज भएको चलचित्र ‘लक्ष्मी’ले निकै आलोचना पायो । 
तर वर्ष २०२१ मा अक्षयले तारिफ पनि पाउने आशा छ, किनभने यो वर्ष अक्षयका ६ वटा चलचित्र रिलिज हुनुपर्नेछन् । 

पहिलोमा उनको गत वर्ष रिलिज हुने भनिएको बहुप्रतिक्षित चलचित्र ‘सूर्यवंशी’ रहेको छ । यसका साथै रक्षाबन्धन, बेलबटम, पृथ्वीराज, अतरंगी र बच्चन पान्डेय लाइनअपमा छन् । 

लाल सिंह चड्डाका साथ आउँदै आमिर खान 
बलिउडका मिस्टर पर्फेक्सनिस्टबाट पनि चिनिने अभिनेता आमिर खान दुई वर्षमा एउटा चलचित्र गर्छन् । यही ट्रेन्डलाई फलो गर्दै वर्ष २०२१ मा आमिरको एउटा मात्रै चलचित्र रिलिज हुनेछ ।

यस वर्ष आमिरको ‘लाल सिंह चड्‍डा’ रिलिज हुँदै छ । यसमा करिना कपुर, विजय सेठी र मोना सिंहको मुख्य भूमिका छ । यस चलचित्रको निर्देशन सिक्रेट सुपरस्टार बनाएका अद्वैत चन्दनले गरेका छन् । 

अजयका तीन ठूला चलचित्र लाइनअपमा 
अभिनेता अजय देवगनको पनि यस वर्ष तीनवटा चलचित्र लाइनअपमा छन् । जसमा पहिलो चलचित्र ‘भुज-दा प्राइड अफ इन्डिया’ रहेको छ । तर अजयको यो चलचित्र हलमा नभई ओटीटी प्लेटफर्ममा रिलिज हुँदै छ ।

अजयको हलमा रिलिज हुने चलचित्रमा मैदान र आरआरआर छन् । मैदान अनिल शर्माको निर्देशनमा बनेको हो । यो इन्डियन नेसनल फुटबल टिमका कोच तथा म्यानेजर सइद अब्दुल रहिमको बायोपिक हो ।

आरआरआरमा भने अजय एसएस राजमौलीको निर्देशनमा भारतीय स्वतन्त्रता सेनानीको भूमिका देखिनेछन् । 

रियल जोडी आलिया रणवीरको पहिलो रिल कमेस्ट्री
वर्ष २०२१ मा रियल जोडी रणवीर कपुर र आलिया भट्ट पहिलोपटक पर्दामा पनि जोडी बनेर आउँदै छन् । उनीहरु अभिनीत चलचित्र ‘ब्रह्‍माशास्त्र’ यस वर्ष रिलिज हुँदै छ । जुन धर्मा प्रोडक्सनको निर्माणमा अयान मुखर्जीले निर्देशन गरेका हुन् । 
यसका साथै रणबीरको अरु दुई चलचित्र ‘शमशेरा’ र ‘लव रन्जन’ पनि रिलिजको लागि तयार छ । रोमान्टिक कमेडि लव रञ्‍जनमा श्रद्धा कपुर पनि देखिँदै छिन् ।

यस्तै अभिनेत्री आलियाको रिलिजअगावै विवादमा फसेको ‘गंगुबाई कठियावाडी’  आरआरआर रिलिजको तयारीमा छ । 

केजीएफ च्याप्टर तुफान
यश स्टारर केजीएफ च्याप्टर २ बाहुबली २ पछि सबैभन्दा धेरै प्रतिक्षित भारतीय चलचित्र हो । च्याप्टर १ ले निकै हिट कमाएका कारण पनि च्याप्टर २ बाट धेरै अपेक्षा गरिएको छ । 

यसमा अभिनेता सञ्जय दत्त महत्त्वपूर्ण खलनायकको भूमिकामा देखिँदै छन् । यस्तै अभिनेता फरहान अख्तर अभिनीत ‘तुफान’ पनि यस वर्ष रिलिज हुँदै छ । यस चलचित्रमार्फत आठ वर्षपछि फरहान र राकेश ओमप्रकाश मेहरा पुनः सँगै पर्दामा देखिन लागेका हुन् ।

टाइगर कार्तिक यस वर्ष सिक्वेलमा देखिँदै
अभिनेता टाइगर श्राफ र कार्तिक आर्यन पनि यस वर्ष तीन ठूला चलचित्रमा देखिँदै छन् । टाइगर हिरोपन्ती २, बागी ४ र गणपतको सिक्‍वेलमा देखिँदै छन् ।

कार्तिक अभिनीत भुल भुलैया २, दोस्तान २ को सिक्वेल र धमाका पनि रिलिजको लागि तयार छ ।

दीपिकादेखि क्याटरिना, तापसी कंगना पनि यस वर्ष पर्दामा देखिँदै
अभिनेत्री दीपिका पादुकोण टाइटल फाइनल हुन बाँकी शकुन बत्राको चलचित्रमा र क्याटरिना ‘फोन भूत’मा देखिँदै छिन् । यी दुवै अभिनेत्रीको चलचित्र यस वर्ष रिलिज हुँदै छ, जसमा एउटै अभिनेता सिद्धान्त चतुर्वेदी छन् । 

यस्तै अभिनेत्री कंगना रनौत अभिनीत तेजस पनि यस वर्ष रिलिजको लागि तयार छ । यस चलचित्रमा उनी लडाकु (योद्धा) हरुको विमान उडाउँदै देखिने छिन् । अभिनेत्री तापसी पन्नु अभिनीत ‘रश्मि रकेट’ पनि वर्ष २०२१ मा रिलिज हुँदै छ । 

अमिताभ बच्चनसँग पर्दामा देखिँदै रिया
बलिउडका बीग बी अमिताभ बच्चनको चलचित्र ‘चेहरे’ पनि यस वर्ष रिलिज हुँदै छ । हुन त यो चलचत्रि वर्ष २०२० मा रिलिज गर्ने तय थियो । यद्यपि कोरोना महामारी र अभिनेत्री रिया चक्रवर्ती विवादमा फसेपछि यसलाई २०२१ मा रिलिज गर्ने निर्णय लिइएको हो ।

विक्की, आयुष्मान राजकुमार पनि हलमा देखिँदै
अभिनेता विक्की कौशलको बहुचर्चित चलचित्र ‘सरदार उधम’ पनि यस वर्ष रिलिज हुँदै छ । अभिनेता आयुषमान खुराना अभिनीत ‘अनेक’ र ‘चन्डीगढ करे आशिकी’ पनि यस वर्ष रिलिजको पालो कुरिरहेका छन् । यस चलचित्रमा आयुष्मानका साथ वाणी कपुर देखिँदै छिन् ।

अन्तमा अभिनेता राजकुमार रावको चलचित्र ‘बधाई दो’, पनि हल रिलिज कुरिरहेको छ । यो बधाई हो को फ्रेन्चाइज चलचित्र हो । जहाँ यस वर्ष कैयौं कलाकारहरुको ३ देखि ६ वटा चलचित्र रिलिजको तयारी गरिरहेको छ । भने अभिनेता शाहरुख खान भने यस वर्ष पर्दामा नदेखिने भएका छन् । शाहरुख यस वर्ष २०२२ मा रिलिज हुने चलचित्र पठानको छायांकनमा मात्रै देखिनेछन् । 

-बीबीसी हिन्दी

सम्बन्धित
Leave A Reply

Your email address will not be published.