यूकेबाट ५० अर्ब डलर बराबरका बैंक नोट गायब !

ब्रिटेनमा कारोबारमा नगदको प्रयोग पछिल्ला केही वर्षमा गिरावट आइरहेको छ, तर पनि बैंक नोटको माग भने थामिनसक्नु गरी बढेको छ । धेरैलाई यो अनौठो अवस्थाले टाउको दुखाइरहेको छ । ब्रिटेनमा उच्च माग रहेको भनिएको बैंकको नोट कहाँ हराइरहेको छ भन्ने कुरा हालसम्म कसैले पनि भन्न सकेको छैन । यो विषय अहिले विश्वभर बहसको बिषय बनेको छ ।

शुक्रबार यूकेका केही सांसदहरुले भनेका छन् कि हाल ५० अर्ब पाउण्ड स्टर्लिङ डलर (करिब ६७।४ अर्ब अमेरिकी डलर) बराबरको नगद देशबाट हराइरहेको छ । उनीहरुले बैंक अफ इंग्ल्याण्डलाई यो विषयमा गम्भीर अनुसन्धान थाल्न समेत आह्वान गरेका छन् ।

सिएनएनका अनुसार हराइरहेको भनिएको पैसा कतै थन्क्याइएको आशंका छ, तर बैंक अफ इंग्ल्याण्डलाई पनि थाहा छैन कि यति ठूलो रकम कहाँ, कसले र कसका लागि लुकाएको छ भन्ने कुरा ।

ब्रिटेनको संसद अन्तर्गत गठित हाउस अफ कमन्स पब्लिक अकाउण्ट्स कमिटीकी संयोजक मेग हिलियरले भनेकी छिन् यो विषयमा बैंक उति जिज्ञासू समेत देखिएन । हराइरहेको ५० बिलियन डलर कहाँ छ भन्ने कुरा अब सबैको चासो हुनुपर्छ ।

तर, बैंक अफ इंग्ल्याण्डले सांसदहरुले उठाएको प्रश्न बेकार रहेको दाबी गरेको छ । ुजनताका प्रतिनिधिले बैंकले बैंक नोटहरु कहाँ र कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने कुरामा धेरै चिन्ता गरिरहन आवश्यक छैन । बैंकले जारी गरेको प्रेस नोटमा भनिएको छ यसको अर्थ हो बैंक नोटहरु हराएका छैनन् ।

केन्द्रीय बैंकका प्रवक्ताले आगामी दिनमा समेत सर्वसाधारणको नोटको सबै खालको माग सम्बोधन गर्न बैंक तत्पर र सक्षम रहेको समेत दाबी गरेका समाचारमा उल्लेख छ ।

यो देशमा डिजीटल पेमेन्टको गति पनि तीव्र रुपमा बढिरहेको छ । विश्वस्तरको मन्दी सुरु भएपछि विश्वकै एड्भान्स अर्थतन्त्र मानिएको यो देशको मुद्राको माग ह्वात्तै बढेको देखिन्छ । यहाँको केन्द्रीय बैंकले सन् २०१८ मै यो कुरा उल्लेख गर्दै एक स्टेटमेन्ट प्रकाशित गरेको थियो । न्यून ब्याजदर र घट्दो प्रतिफलका कारण पनि यस्तो भएको २०१८ को रिपोर्टमा उल्लेख छ ।

बैंक अफ इंग्ल्याण्डका चिफ क्यासिएर सराह जोनले पछिल्लो समय भण्डारणको उद्देश्यका लागि पैसाको प्रयोग भइरहेको बताएकी छन् र उनले भनेकी छन् ुयो कारोबारको सिद्धान्त विपरीत रहेको छ । सन् २००८ को मन्दीपछि वित्तीय संस्थाहरुको क्षमताको विषयमा उत्पन्न चिन्ताले समेत यसमा योगदान गरेको देखिन्छ ।

कोरोना भाइरसको संक्रमण बढ्न नदिन ब्रिटेनले गरेको लकडाउनको अवधिमा नोट तथा क्वाइन्सहरुको मागमा ह्वात्तै गिरावट आएको समेत देखिएको छ । किनभने यसअघि नै सर्वसाधारणले ठूलो परिमाणमा नगद आफ्नो घरमा भण्डारण गरिसकेका थिए ।

जुलाईमा ब्रिटेनको नोटको सर्कुलेसन हालसम्मकै सर्वाधिक उचाई ४।४ बिलियनमा पुगेको थियो । यही बेला क्यास पेमेन्टको गति भने केही घटेको देखिएको थियो, जुन महामारीको कारणले हो भन्ने देखिने समाचारमा उल्लेख छ ।

दशकअघि ब्रिटेनमा हुने १० कारोबारमा ६ वटा कारोबार क्यासमा आधारित हुन्थ्यो, तर गत वर्ष भने १० कारोबारमध्ये ३ भन्दा कम कारोबार मात्र नगदमा आधारित देखियो ।

बैंक अफ इंग्ल्याण्डको अनुमानमा २० देखि २४ प्रतिशतसम्म नगद कारोबारमा प्रयोग भइरहेको छ भने ५ प्रतिशत नगद यूकेका जनताले घरमै भण्डारण गरेर राखेका हुनसक्छन् ।

यूकेको नेशनल अडिट अफिस९एनएओ०ले यी तमाम तथ्यांकका बाबजुद केन्द्रीय बैंकले पछिल्लो समय नगदको प्रयोगमा आएको बढोत्तरी र ५० बिलियन डलर कसले होल्ड गरेर राखेको छ भन्ने विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन दिएको छ । उनले यति गम्भीर विषयमा टालटुले जवाफ दिएर मात्र नपुग्ने प्रष्ट पारेको छ । यसले समेत ५० बिलियन डलर साच्चिकै हराएको पुष्टि हुने समाचारमा उल्लेख छ ।

यो कामले करी छलीजस्ता कतिपय छलछामको विषयमा कडा पोलिसी बनाउने विषयमा सरोकारवाला सबैलाई सहयोग गर्नेछ । एनएओले एक विज्ञप्ति जारी गर्दै भनेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.