राजधानीका सवारीमा आजदेखि जोरविजोर प्रणाली, कुनको पालो कहिले ?

काठमाडौं। एशिया प्यासिफिक समीट आउने विभिन्न देशका अति विशिष्ट सवारी आवागमनलाई व्यवस्थित बनाउन भन्दै राजधानीमा चल्ने सवारी साधनका लागि मंसिर १३ गते(आज)देखि १६ गतेसम्म जोरबिजोर प्रणाली लागू गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक सूचना जारी गर्दै एशिया प्यासिफिक समीटका कारण जोरबिजोर प्रणाली लागू गर्नुपर्ने अवस्था सिर्जना भएको प्रष्ट्याएको छ ।

मंसिर १४ देखि १७ गतेसम्म काठमाडौंमा एसिया प्यासिफिक समीट आयोजना हुँदैछ ।

प्रहरीका अनुसार, १३ र १५ गते बिजोर तथा १४ र १६ गते जोर नम्बरका सवारी साधन चलाउन पाइनेछ ।

अत्यावश्यक सेवा र शैक्षिक संस्थाका सवारी साधनमा भने जोर बिजोर प्रणाली लागू नहुने प्रहरीको प्रष्टोक्ति छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.