राष्ट्रपति भएपछि पहिलो पटक सी चिनफिङसँग टेलिफोनमा कुरा गरे बाइडेनले

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ समकक्षी सी चिनफिङबीच टेलिफोनमा कुराकानी भएको छ। 

समाचार संस्था एएफपीका अनुसार उनीहरूबीच केही समयअघि कुराकानी भएको हो। 

जनवरी २० मा अमेरिकाको राष्ट्रपति बनेका बाइडेनले पहिलो पटक चिनियाँ समकक्षीसँग कुराकानी गरेका हुन्।

साउथ चाइना मर्निङ पोष्टका अनुसार लुनार नयाँ वर्षको पूर्वसन्ध्यामा दुई राष्ट्रपतिबीच कुराकानी भएको हो। 

पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले थालेको व्यापार युद्ध जारी रहेका बेला यी दुई ठूला अर्थतन्त्रबीचको आगामी सम्बन्ध कसरी अगाडि बढ्छ भन्नेमा संसारभरि चासो छ। त्यसैले यो टेलिफोन कुराकानीलाई निकै महत्वका साथ हेरिएको छ। 

बाइडेन-सीबीचको टेलिफोन कुराकानीमा के-के छलफल भयो भन्नेबारे भने खुलाइएको छैन। 

यसअघि बाइडेनले चिनियाँ राष्ट्रपति सीको शरीरमा प्रजातन्त्रको हाडै नभएको बताएका थिए। बाइडेनले यसअघि रूसी राष्ट्रपति भ्लादमिर पुटिन र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि टेलिफोनमा कुरा गरेका थिए।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.