राष्ट्रिय वाणिज्य बैंकमा जागिर खुल्यो, ८३५ जनालाई अवसर

राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्यामा कर्मचारी माग गरिएको छ।

लोकसेवा आयोगको सहमतिमा राष्ट्रिय वाणिज्य बैंकले विभिन्न पदमा ८३५ जना कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको हो। इच्छुक उम्मेदवारले भोलि सोमबारबाट अनलाइन आवेदन दिन सक्नेछन्।

बैंकले २ जना वरिष्ठ प्रबन्धक, ८ जना प्रबन्धक, १८ जना उपप्रबन्धक (प्रशासन) र १ जना उपप्रबन्धक (लेखा) लगायत सहायकदेखि सहायक प्रबन्धकसम्म विभिन्न पदमा दरखास्त आह्वान गरेको छ।

बैंकले खुलाएको विभिन्न पदको लिखित परीक्षा लोकसेवा आयोगले सञ्चालन गर्नेछ। उम्मेदवारले मंसिर ५ गतेभित्र अनलाइन आवेदन दिनुपर्नेछ भने दोब्बर दस्तुर तिरी मंसिर १२ गतेसम्म आवेदन दिन सकिनेछ।

अधिकृतस्तरको परीक्षा आयोगले तोकेअनुसार काठमाण्डौमा र सहायकस्तरको परीक्षा आयोगका सम्बन्धित कार्यालयबाट प्रदेशहरुमै हुनेछ। परीक्षा केन्द्रबारे पछि जानकारी दिइने सूचनामा उल्लेख छ।

इच्छुक उम्मेदवार अनलाइन आवेदनसँगै अनलाइनबाटै परीक्षा दस्तुर बुझाउनुपर्नेछ। दस्तुर आरबीबी मोबाइल बैंकिङ, इसेवा, खल्ती, नमस्ते पे वा तोकिएका अन्य माध्यमबाट बुझाउन सकिनेछ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.