राष्ट्र बैंकको निर्देशनले गरेन काम, फेरि शुरु भयो सेयर कर्जा

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न बैंक तथा वित्तीय संस्थाहरुलाई नैतिक दबाब दिएपनि फेरि सेयर कर्जा सहजरुपमा प्रवाह हुन थालेको छ । दैनिक डेढ अर्बको सेयर कारोबार हुन थालेपछि ध्यानाकर्षण हुन थालेको राष्ट्र« बैंकको उच्च स्रोतले जानकारी दिएको छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुलाई बोलाएर पटक–पटक अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह नगर्न निर्देशन दिएको थियो । उनुत्पादक क्षेत्रमा कर्जा प्रवाह भएपछि वित्तीय प्रणालीमा तरलताको संकट आएपछि अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह रोकिएको सो स्रोतको भनाई छ । स्रोतको भनाई अनुसार अहिले फेरि कर्जा प्रवाह हुन थालेको र प्रत्यक्ष भन्दा पनि व्यवसाय, उद्योग अथवा व्यापारका नाममा यस्तो कर्जा प्रवाह भएको हुनसक्ने शंकाका आधारमा सुक्ष्म अनुसन्धान शुरु गरिएको राष्ट्र बैंकले जनाएको छ ।
सेयरमा कर्जा प्रवाह भएकै कारणले मात्र मूल्य बढ्न थालेको छ । एक सेयर विश्लेषकले नाम उल्लेख नगरिदिने शर्तमा भने, भाउ बढेकोमा धेरै लगानीकर्ताहरुलाई खुसी हुन्छ र भाउ घट्ने खालको टिप्पणी आएमा हामीलाई पनि धम्की आउछ । तर धेरै बैंक वित्तीय संस्थाहरुले बोनस र हकप्रद सेयर जारी गरी चुक्ता पूँजी पुर्याइसकेकोले नगद लाभांशको लोभमा मात्र सेयर बढ्नुपर्ने कारण छैन ।

उनका अनुसार पोर्टफोलियोबिना बढेको चुक्ता पूँजीमा नगद लाभांश थोरै दिनुपर्ने हुन्छ । त्योभन्दा बढी त बैंकको ब्याज नै रहेको छ । त्यसैले अहिले नगद लाभांश मात्र दिनसक्ने बैंक वित्तीय संस्थाको सेयरमूल्य बढ्नुपर्ने कारण छैन । धेरै घटिसकेकोले केही मूल्य बढ्नु स्वाभाविक भएपनि दोहोरो अंकले मूल्य बढ्ने कारण भने छैन ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयरमा प्रवाह हुने कर्जा (मार्जिन ल्याण्डिङ) मा कडाई गरेको थियो भने अर्ध बार्षिक समिक्षा गर्दै अटोलोनमा समेत कडाई गरेको थियो । बैंक वित्तीय संस्थाले छोटो समयमा बढी नाफा कमाउन अनुत्पादक क्षेत्रमा बढी कर्जा प्रवाह गरेको भेटिएपछि राष्ट्र बैंकले पटक–पटक नैतिक रुपमा त्यसो नगर्न दवाव दिँदै आएको छ । पछिल्लो समय बैंक वित्तीय संस्थाले मार्जिन ल्याण्डिङ, अटो लोन र ओडी लोनमार्फत अनुत्पादक क्षेत्रमाकर्जा प्रवाहगर्न थालेपछि राष्ट्र बैंकले त्यसलाई उच्च निगरानीका साथ कडाइ गर्न थालेको थियो ।

बैंक वित्तीय संस्थाले जथाभावी रुपमाउनुत्पादक क्षेत्रमाकर्जा प्रवाह गरेकै कारण बजारमा केही समय यताक्रेडिट क्रञ्चको अवस्था देखा परेको थियो । अहिले फेरि निक्षेपमा केही सहज हुनासाथ सेयरमा कर्जा शुरु भएको छ । रियलस्टेटमा पनि कर्जा प्रवाह हुन थालेको जनाइएको छ । राष्ट्र बैंकका ती अधिकारीका कारण अनुत्पादक क्षेत्रमा कर्जा प्रवाह भएमा फेरि केही समयपछि तरलताको समस्या आउन सक्छ ।

एकातिर सेयर कर्जा शुरु गरिएको छ भने अर्कोतिर वाणिज्य बैंकहरुले क्रेडिट क्रञ्चको अवस्था देखाउँदै सरकारले नै लागू गरेको भुकम्पपीडित कर्जा समेत दिन रोकेका छन् । त्यसैगरी केही पहुँचवाला सेयर व्यापारीहरुले मात्र यस्तो कर्जा उपयोग गरिरहेका छन भने अन्य व्यवसायीहरुले उद्योग कलकारखाना संचालनका लागि बैंकबाट स्वीकृति गराएको कर्जा समेत रिलिज नभएको सम्बद्ध व्यवसायीहरुले गुनासो गर्दै आएका छन् । उत्पादनशील क्षेत्रमा कर्जा पाएका र सेयरबजारको स्वाद लिएकाहरु त्यस्तो कर्जा पनि दोस्रो बजार र कतिपय अवस्थामा हकप्रद सेयर खरिदमा लगाइरहेका समाचार स्रोतको दाबी छ ।

तर, राष्ट्र बैंकले जस्तोसुकै निर्देशनदिएपनि बैंक वित्तीय संस्थाले भने तत्काल नाफा कमाउने उद्देश्यअनुरुप सेयर बजारमा लगानी गर्न कर्जा प्रदान गर्न थालेका छन् । बढ्दो सेयर बजारमा सेवाग्राहीसँग उच्च व्याज लिँदै बैंकहरुले चोरबाटोबाट कर्जा प्रवाहगर्न थालेको सम्बन्ध लगानीकर्ताहरु नै बताउँछन् ।

बैंक वित्तीय संस्थाले अनुत्पादक क्षेत्रमा जथाभावी रुपमा कर्जा प्रवाह गरेकै कारण धेरै जसो वाणिज्य बैंकको सिसिडी रेसियो ८० प्रतिशत भन्दा माथी पुगिसकेको छ । राष्ट्र बैंकको फितलो अनुगमनका कारण बैंक वित्तीय संस्थाहरु अनुत्पादक क्षेत्रमा जथाभावी रुपमा कर्जा प्रवाह गर्दै छोटो समयमै उच्चनाफा कमाउन सफल भएका छन् । सिसिडी सीमाभन्दा बढी भएकै कारण केही सयम अघि राष्ट्र बैंकले विभिन्न ६ वटा वाणिज्य बैंकलाई कारवाही समेत गरेको थियो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै विपन्नवर्ग कर्जा र उत्पादन क्षेत्रमा प्रवाहित कर्जाको ५० प्रतिशत रकम सिसिडीमा गणना नहुने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न बाटो खुला गरिदिएको थियो । उत्पादनमूलक क्षेत्रमा लगानी गर्दा प्रतिफल आउन बढी समय लाग्ने भएकाले पनि बैंकहरु सेयर कर्जामा बढी आकर्षित भएका छन् । सेयर कर्जामा छोटो समयमा लगानी गर्दा सेवा शुल्क वापतको आम्दानी र कर्जा पनि छोटो समयमै उठ्ने भएकाले पनि बैंकहरु उनुत्पादक क्षेत्रमा बढी आकर्षित भएका हुन् ।

राष्ट बैंकले २०७४ असार मसान्तसम्म खर्च गर्न पाउनेगरी उत्पादनमुलक र विपन्न वर्गमा प्रवाहितमध्येको ५० प्रतिशत रकमलगानी गर्न छुट दिएको छ । अहिले त्यसरी खर्च गर्न पाउने रकमको हिस्सा १ खर्ब २७ अर्ब रुपैयाँ रहेको छ । त्यस्तो रकम उत्पादनमूलक क्षेत्रमालगानी गर्दा असार मसान्तसम्ममा सिसिडी रेसियो व्यवस्थापनगर्न कठिनाइ हुने भएकाले बैंकहरुले चोरबाटो खोज्दै सेयर बजारमै लगानीगर्न थालेका छन् ।

उच्च क्रेडिट क्रञ्च भएको अवस्थामा दैनिक २५ करोड रुपैयाँमा खुम्चिएको नेपाली सेयर बजार अहिले बढेर १ अर्ब ६० करोड रुपैयाँभन्दा माथी पुगेको छ । बैंक वित्तीय संस्थाले चोर बाटो अपनाएर सेयर बजारमा लगानी गरेकै कारण बजारमा कारोवारको आकार दैनिक रुपमा बढ्दै गएको हो । बैंकहरुले बढ्दो बजारबाट उच्च आम्दानी गर्न जतिजक्दो कर्जा प्रवाह गर्ने गरेको समेत एक लगानीकर्ताले बताए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.