राष्ट्र बैंकद्वारा २ वाणिज्य बैंकलाई कारवाही, ३ वटालाई सचेत गरायो

नेपाल राष्ट्र बैंकले २ वटा वाणिज्य बैंकलाई आर्थिक जरिवाना गरेको छ । राष्ट्र बैंकको बैंक तथा सुपरिवेक्षण विभागले चालु आर्थिक वर्ष ७७/७८ मा २ वटा बैंकलाई आर्थिक जरिवाना गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंकलाई २० लाख जरिवाना गरेको छ । लक्ष्मी बैंकले सम्पति सुद्दिकरण सम्बन्धि ऐन र निर्देशन गरेकोले जरिवाना गरिएको विभागले जनाएको छ ।

त्यस्तै दोस्रो त्रैमासमा प्राथमिकता प्राप्त क्षेत्रमा तोकिए बमोजिम लगानी नगरेकोले स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ २४ पैसा जरिवाना गरिएको विभागले जनाएको छ ।

दोस्रो त्रैमास मै विभागले अन्य कारवाही शिर्षक अन्तर्गत स्ट्याण्डर्ड चार्टर्ड बैंक र ग्लोबल आईएमई बैंकलाई सचेत गराएको छ  । त्यस्तै विभागले राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई पनि सचेत गराएको छ । 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.