राष्ट्र बैंकभित्र डेपुटी गभर्नरका लागि लिगलिगे दौड सुरु, १ पदका लागि ४ झापालीबीच भिडन्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नर पदका लागि बैंकका कार्यकारी निर्देशकहरुबीच दौड सुरु भएको छ । आगामी फागुन १८ गतेबाट राष्ट्र बैंकका डेपुटी गभर्नर द्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठको ५ बर्षे कार्यकाल सकिनै लाग्दा सो पदका लागि कार्यकारी निर्देशकहरुबीच दौड सुरु भएको हो ।

नियमत डेपुटी गभर्नरका लागि हाल रहेका सबै १७ जना कार्यकारी निर्देशकहरुको योग्यता पुग्छ । तर उक्त पद राजनीतिक नियुक्ती भएकाले पनि अहिले सरकारको नेतृत्व कसले गरिरहेको छ र उनीहरुका नजिक को छन् भन्ने विषयमा बढी महत्व राख्दछ ।

विशेषत डेपुटी गभर्नर नियुक्तीका लागि गभर्नर र अर्थमन्त्री र प्रधानमन्त्रीको विशेष भुमिका रहन्छ । गभर्नको सिफारिसको आधारमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नर नियुक्ती गर्ने प्रचलन छ । तर अहिलेको अवस्थामा राष्ट्र बैंकको दुई डेपुटी गभर्नर पदका लागि लघुवित्त नियमन विभागका प्रमुख तथा अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाकार डा। प्रकाशकुमार श्रेष्ठ एकल प्रतिस्पर्धी रहेको र बाँकी १ पदका लागि ४ जना लिगलिगे दौडमा रहेको सम्बद्ध स्रोतको भनाई छ ।

श्रेष्ठ लुम्बिनी प्रदेशका मुख्य मन्त्री शंकर पोखरेलसँग पनि नजिक रहेको र अर्थमन्त्री पौडेलेको पनि विश्वासपात्र रहेका कारण उनी स्वतः डेपुटी गभर्नर हुने र उनको प्रतिस्पर्धी नै नरहेको राष्ट्र बैंकको स्रोतको भनाई छ ।

तर रोचक के छ भने बाँकी १ पदका लागि पुर्वेली तथा झापालीहरुबीच नै भिडन्त हुने देखिएको छ । अहिलेको राजनीतिक आस्था तथा भुगोलका आधारमा मोरङ घर भएका बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल र प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्र दमक घर भएकी सार्वजनिक ऋण ब्यवस्थापन विभागकी डा। निलम ढुंगाना तिमिल्सिनाबीच डेपुटी गभर्नरका लागि मुख्य प्रतिस्पधा हुने देखिएको छ । कार्यकारी निर्देशकहरुमध्ये सिनियर एवं एक जनामात्रै महिला रहेको र प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्वाचन क्षेत्र तथा राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख सल्लाहकार भेषराज अधिकारीसँग समेत उनको पारिवारिक सम्बन्ध रहेकाले पनि तिमिल्सिना अहिले मुख्य प्रतिस्पर्धीको रुपमा अगाडि आएकी छिन् । ढकाल पनि यस अघिदेखि नै डेपुटी गभर्नरको रुपमा चर्चामा रहँदै आएका छन् ।

यसैगरी दकम नै घर भएका कार्यकारी निर्देशक द्वय विदेशी विनियम विभागका प्रमुख बमबहादूर मिश्र तथा सम्पत्ति तथा सेवा व्यवस्थापन विभागका कार्यकारी निर्देशक सुमनकुमार अधिकारी पनि उक्त प्रतिस्पर्धामा रहेको सम्बद्ध स्रोतको भनाई छ । तर राष्ट्र बैंकमा डेपुटी नियुक्त हुने समयसम्ममा कुनै राजनीतिक परिवर्तन भएका अहिलेको प्रतिस्पर्धीहरुमा भने हेरफेर हुनसक्ने उक्तले जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.