रु. १२० मा बिक्यो २ अर्ब डलरको कम्पनी !

कोही अर्बपति उद्योगपतिले आफ्नो २ अर्ब डलरको कम्पनी १२० रुपैयाँमा बेच्लान् भन्ने कुरा तपाई पत्याउनुहुन्छ रु सायदै पत्याउनुहोला ।

तर, मानिसको जीवनमा कहिलेकाही परिस्थिति यस्तो आइदिन्छ कि, यस्तै नसोचेको घटना भइदिन्छ । यूएईका भारतीय मूलका अर्बपति बीआर शेठ्ठीले यस्तै अनपेक्षित कदम उठाउनुपर्यो । शेठ्ठीको फिनाब्लर पिएलसीले आफ्नो कारोबार इजरायल यूएई कन्सोर्टियमलाई मात्र १ डलरमा बेच्ने तयारी गरिरहेको छ ।

गत वर्षदेखि नै शेठ्ठीको कम्पनी डूब्ने क्रम सुरु भइसकेको समाचारमा जनाइएको छ । उनको कम्पनी अहिले अरबौं डलर ऋणमा डूबेको छ भने शेठ्ठीमाथि धोकाधडीका कैयन मुद्धाहरु समेत दायर भएका छन् । गत वर्षको डिसेम्बरमा उनको कम्पनीको मार्केट भ्यालू २ अर्ब डलरको उचाईमा पुगेको थियो । त्यसबेला सो कम्पनीलाई १ अर्ब डलरको ऋण लागेको बताइएको थियो ।

शेठ्ठीको फाइनान्सियल सर्भिस कम्पनी फिनाब्लरले घोषणा गरेको छ कि उसले ग्लोबल फिन्टेक इन्भेष्टमेन्ट होल्डिंग्ससँग एक सम्झौता गर्न गइरहेको छ । यो इजरायलको प्रिज्म गु्रप सहयोगी कम्पनी हो, जसलाई फिनाब्लरले आफ्नो सबै सम्पत्ति बिक्री गर्नेछ ।

इजरायलका पूर्व प्रधानमन्त्री इहुद ओलमर्टसँग जोडिएको प्रिज्म ग्रुपले लेनदेनको विषयमा अबुधाबीको रोयल स्टेटेजिक पार्टनर्ससँग एक कन्सोर्टियम गठन गरेको छ ।

फिनाब्लर बाहेक शेठ्ठीको अबुधाबीस्थित कम्पनी एनएमसी हेल्थको सेयर मूल्यमा ७० प्रतिशतसम्मको गिरावट आइसकेको छ ।

भारतीय मूलका यी उद्योगपतिविरुद्ध कैयन ठगीका मुद्धाहरु पनि चलिरहेका छन् । गत वर्ष मात्रै उनको कम्पनीलाई सेयर बजारमा कारोबार गर्न रोक लगाइएको थियो । यसरी शेठ्ठीको कम्पनीको साख बजारमा पूर्ण रुपमा ध्वस्त भइसकेको थियो । कुनै पनि कम्पनी उनको विजिनेशमा लगानी गर्न इच्छुक समेत थिएनन् । यस्तो अवस्थामा दुई देशबीच बनेको कन्सोर्टियमले प्रतिष्ठा गुमाइसकेको कम्पनी लिने निर्णय गरेको हो ।

यूएईको हेल्थकेयर इण्डस्टीबाट रातारात अरबौं डलर कमाउन सफल सेठ्ठी त्यसअघि भारतीय हुन् । उनले सन् १९७० मा एनएमी हेल्थकेयरको सुरुवात गरेका थिए । सन् २०१२ मा यो कम्पनी लण्डन स्टक एक्सचेञ्जमा सूचीकृत भएको थियो, त्यहाँ सूचीकृत हुने यूएईको यो पहिलो कम्पनी समेत थियो ।

भनिन्छ कि सत्तरीको दशमा शेठ्ठी मात्र ८ डलर बोकेर यूएई पुगेका थिए । त्यहाँ उनले मेडिकल रिप्रेजेन्टेटिभको रुपमा आफ्नो करिअरको सुरुवात गरेका थिए ।

शेठ्ठीले सन् १९८० देखि रेमिटान्स कम्पनी यूएई एक्सचेञ्जको सुरुवात गरेका थिए । शेठ्ठीले हेल्थकेयर र फाइनान्सियल सर्भिसेजको अलावा हस्पिटालिटी, फूड एण्ड वेभरेज, फर्मास्यूटिकल म्यानुफेक्चरिंग तथा रियलस्टेटमा पनि सफलता पाएका थिए ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.