रेनोका गाडी साट्ने अवसर

आर्थिक समाचार
१५ चैत,काठमाण्डौ ।

रेनोको नेपालका लागि आधिकारिक बितरक, एड्भान्स अटो मोबाइल्सले नेपालका मूख्य शहरहरुमा एक्सचेन्ज कार्निभल सुरु गरेको छ। यो एक्सचेन्ज कार्निभल हाल संचालनमा रहेको नयाँ वर्षको अफर ‘रेनोल्ट वाउ’ अफर अब न्यु एअर जम्छ किनकि एक्सचेन्जमा दम छ  नारासँग  जोडिएर आयोजना गरिएको हो ।
रेनोल्टको क्विड तथा डस्टर मोडलसँग एक्सचेन्जको सुविधा उपलब्ध हुनेछ । यो अफर अन्तर्गत रेनोल्ट क्विड वा डस्टर एक्सचेन्ज वा खरिदमा न्यूनतम मासिक किस्ताबन्दिमा किन्न सकिनेछ । यसको लागि प्रति वर्ष ८।९९ प्रतिशतको ब्याज दरमा सहज फाइनान्स तथा एक्सचेन्जको सुविधा रहेको एड्भान्सले जनाएको छ।
त्यसैगरि नगद छुट, २ वर्षको निशुल्क सर्भिस, १ वर्षको निशुल्क सडक करका साथै ५ वर्षसम्मको बिस्तारित वारेन्टी ग्राहकले पाउने उसले जारी गरेको विज्ञप्तीमा जनाइएको छ।
एक्सचेन्ज कार्निभल काठमाडौंमा चैत्र ११ गते देखि चैत्र १६, भैरहवा÷बिर्तामोडमा चैत्र १३ गते देखि चैत्र १५, बुटवल÷बिराटनगरमा चैत्र १६ गतेदेखि चैत्र १८ र नारायणघाट÷पोखरामा चैत्र १९ गतेदेखि चैत्र २१ गतेसम्म आयोजना हुने एक्सचेन्ज कार्निभलमा स्पट फाइनान्सिंग तथा एक्सचेन्जको सुविधा पनि उपलब्ध गरार्ईएको एड्भान्सले जानकार िदिएको छ।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.