‘वान वेल्ट वान रोड’ परियोजना शताब्दीकै नमूना परियोजना, विश्वको अर्थतन्त्रलार्इ एकीकृत गर्ने

काठमाडौं।
नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले  चीनले अगाडी सारेको वान वेल्ट वान रोड परियोजना शताव्दिकै नमूना परियोजना बन्ने बताएकी छिन् ।
चीनको यूनान प्रान्तको कुनमिङ शहरमा भएको कार्यक्रमलार्इ संबोधन गर्दै उनले यो धारणा राखेकी हुन्।उनले यो परियोजनाका माध्यमबाट दक्षिण तथा दक्षिण पूर्वी एशिया, मध्य एशिया, यूरोप, अफ्रिका लगायतका मुलुकको अर्थतन्त्रलाई एकिकृत गर्ने ठूलो सम्भावना रहेको बतार्इन्।राणाले केवल आपसी सम्पर्क स्थापित गरी व्यवसाय गर्ने माध्यम मात्र नभएको बताउँदै समग्रमा ओवोर अभियानले रोजगारी,पूँजी वृद्धि लगायतका महत्वपूर्ण भूमिका निभाउने बतार्इन्।
नेपाल लगायत भारत, चीन, अफगानिस्तान, भुटान, पाकिस्तान, श्रीलंका, माल्दिभ्स, बंगलादेशका व्यवसायिक नेतृत्व भएको फोरममा उनले यो धारणा राखेकी हुन्।  अध्यक्ष राणाले नेपाल पनि ओबरको एक महत्वपूर्ण हिस्सा हुन पाएकोमा खुशी व्यक्त गर्दै भुपरिवेष्ठित राष्ट्र नेपाललाई अव स्थलमार्ग मार्फत विश्वसंग जोडिने अवसर मिलेको बतार्इन्।
चीनसँग द्विपक्षीय व्यापार संझौता भैसकेको बताउँदै करिब ७० भन्दा बढी देशहरुलाई जोड्ने ओबर अभियानले नेपालको विकासमा कोशेढुंगा थप्ने उनले बतार्इन्।बैठकमा महासंघका पूर्व अध्यक्ष एवं सार्क उद्योग वाणिज्य संघका वर्तमान अध्यक्ष सुरज वैद्यले सिगो सार्क मुलुकनै लगानी खोजिरहेको बताउँदै आर्थिक तथा सामाजिक समृद्धिका लागि सार्क र चीन बीचको सहकार्य महत्वपूर्ण रहेको बताए।
सम्बन्धित
Leave A Reply

Your email address will not be published.