विश्वको सबैभन्दा ठूलो आर्थिक शक्ति अमेरिकाको नेतृत्व आजबाट बाइडेनका हातमा, आज ह्वाइट हाउस प्रवेश गर्दैै

राष्ट्रपति निवार्चित जो बाइडेन र उपराष्ट्रपति निर्वाचित कमला ह्यारिस दुवै जना राजनीतिक परेडजस्तो देखिने सत्तारोहण समारोहमा शपथग्रहण गरेर मात्र ह्वाइट हाउस प्रवेश गर्दैैछन् ।

अमेरिकामा नयाँ राष्ट्रपतिलाई औपचारिक रूपमा पदभार ग्रहण गराउने प्रक्रिया र समारोहलाई इनोग्यूरेशन भनिन्छ । उक्त समारोह राजधानी यो वाशिङ्टन डीसीमा आयोजना हुन्छ । त्यसमा राष्ट्रपति निर्वाचितले पदको शपथको बेहोरा वाचन गर्छन् ।

संविधानको रक्षा गर्ने प्रतिबद्धता समेटिएको शपथ लिएपछि जो बाइडन अमेरिकाको ४६ औँ राष्ट्रपति बन्नेछन् । सत्तारोहण समारोह त्यतिमै समापन हुने भए पनि केही समय त्यहाँ अरू कार्यक्रमहरू पनि हुनेछन् । कमला ह्यारिस पनि शपथ लिनेबित्तिकै उपराष्ट्रपति बन्नेछिन् । साधारणतया राष्ट्रपतिभन्दा पहिला उपराष्ट्रपतिले शपथ लिने चलन छ ।

कानुनअनुसार ज्यानुअरी २० को दिन नयाँ राष्ट्रपतिले पदभार ग्रहण गर्छन् । प्रारम्भिक मन्तव्य ईसटीअनुसार बिहान ११स्३० बजे आरम्भ हुन्छ । जो बाइडन र कमला ह्यारिसको सपथग्रहण मध्यदिनमा हुनेछ । बाइडन त्यही दिन अलि पछि ह्वाइट हाउसमा प्रवेश गर्नेछन् र त्यो उनको आगामी चार वर्षका लागि निवास हुनेछ ।

सत्तारोहण समारोहणमा विस्तृत सुरक्षा योजना बनाइएको हुन्छ । तर ज्यानुअरी ६ मा राष्ट्रपति ट्रम्प समर्थकहरूको भिडले अमेरिकी संसद्‌मा आक्रमण गरेपछि थप सुरक्षा व्यवस्था मिलाइएको छ । आज वाशिङ्टन डीसीको अधिकांश क्षेत्र बन्द छ ।

अमेरिकी गुप्तचर निकायले सुरक्षा योजनाको नेतृत्व लिएको छ र हजारौँ प्रहरीहरूलाई सहयोग गर्न न्याश्नल गार्डका झन्डै १५ हजार सुरक्षाकर्मी खटाइएको छ । –बीबीसी

सम्बन्धित
Leave A Reply

Your email address will not be published.