आर्थिक समाचार
वैशाख १२ ,सोलुखुम्बु ।
विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा फोहोरको मात्रा बढेपछि पर्यटन व्यवसायीले चिन्ता व्यक्त गर्न थालेका छन् ।
सगरमाथाको फोहोर व्यवस्थापनको जिम्मा पाएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीपीसी)ले जिम्मेवारी पूरा नगर्दा फोहोर बढेको भन्दै व्यवसायी चिन्तित बनेका हुन् ।