विष्णु बस्यालको प्रक्षेपण-‘डिसेम्बर पहिलो साताभित्रै नेप्सेले १९५० विन्दू चुम्छ’

बुधबार नेप्से परिसूचक अलटाइम हाईको नजिकै पुगेको छ । बजारले भोलि अल टाइम हाईको विन्दू ब्रेक गर्ने तयारी गरिरहँदा अब नेप्से परिसूचक कहाँ पुग्छ भन्ने लगानीकर्तामा कौतुहुलता देखिएको छ ।

बुधबारकै कारोबारमा पनि लगानीकर्ताहरुले तीव्र रुपमा सेयरहरु खरीद गरिरहेका छन् । बजारमा सक्रिय रहेका भोका लगानीकर्ताहरुले बढाएको अधिक खरीद चापले नेप्से चाँडै रोकिने छाँट देखिन्न । लगानीकर्ताको उच्च मनोबलका कारण समेत नेप्से परिसूचकले नयाँ इतिहास रच्ने पक्कापक्की जस्तै छ ।

तर, बजारलाई नजिकबाट नियालिरहेका विश्लेषकहरुले बजारको निकट भविष्य चाहिँ कस्तो देखेका छन् त पछिल्लो समय बजारमा धेरै लगानीकर्ताले पछ्याउने गरेको प्राविधिक विश्लेषणको कोणबाट बजारको दिशा कता देखिन्छ

पछिल्लो समय सेयर बजारका चर्चित प्राविधिक विश्लेषक बिष्णु बस्यालले नेप्से परिसूचकले बुधबार १८५० को विन्दूलाई तोडेर अगाडि बढेकाले अझै बढ्ने दाबी गर्छन् । उनको प्रक्षेपणअनुसार यो बजारले डिसेम्बरको पहिलो साताको अन्तिम कारोबार दिन आसपास १९५० को विन्दू चुम्ने देखिन्छ ।

प्राविधिक विश्लेषक बस्यालले यसअघि अब बैंकिङ, हाइड्रो, विकास बैंक, वित्त र उत्पादन समूहमा उछाल आउनसक्ने दाबी गरेका थिए । उनको दाबी अनुसार नै अधिकांश समूहमा उछाल आएको छ । उनले यसअघि सार्वजनिक विश्लेषणमा बैंक सेक्टरमा लगानी गरेका लगानीकर्ताहरुलाई उक्त लगानी अन्य सेक्टरमा सिफ्ट नगर्न सुझाएका थिए, यो समूह आजबाट उछालको गतिमा दौडिन थालिसकेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.