श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स लिमिटेड (Shree Investment and Finance Co. Ltd.) को लाभांश सूरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
कम्पनीको साधारण सभा पुस २ गते, बिहान १० बजे रसियन कल्चर सेण्टर, काठमाडौंमा हुने भएको छ । कम्पनीले सभा १ दशमलव २३ प्रतिशत बोनस शेयर र ८ दशमलव ७७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव रहेको छ ।

जसको लागि मंसिर १६ गतेदेखि पुस २ गतेसम्म बुक क्लोज रहनेछ र मंसिर १३ गते अर्थात आज सम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउनेछ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.