सनराइज बैंकका ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार

सनराइज बैंकले सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको बयलकाँडा, कैलालीको जानकी गाउँपालिका खैरीफाँटा र कैलालीकै टिकापुर नगरपालिका धनसिंहपुरमा शाखारहित बैंकिङ सेवा सुरुवात गरेको छ ।
शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ संख्या ८२ पुगेको छ । बैंकले उक्त स्थानहरुमा सेवा सञ्चालनका लागि बयलकाँडाका स्थानीय व्यवसायी नवराज रोकाया, खैरीफाँटाका एकराज खड्का र धनसिंहपुरका किर्त ठकुल्लालाई व्यावसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ ।
शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ । बैंकको हाल १३९ वटा शाखा, १२ वटा एक्सटेन्सन काउण्टर, १६१ वटा एटीएम ८२ वटा शाखारहित बैंकिङ सेवामार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.