साउनमा वीरगन्ज भन्सारबाट साढे दुई अर्बको वस्तु निर्यात

वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको साउनमा दुई अर्ब ६५ करोड ६६ लाख आठ हजार मूल्य बरावरको वस्तु तथा सामान निर्यात गरेको छ ।

भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले गत आवको साउनको तुलनामा चालु आवको सोही अवधिमा कार्यालयबाट हुने निर्यात सात दशमलव १६ प्रतिशतले अर्थात १७ करोड ७५ लाख एक हजारले बढेको बताए । गत आवको साउनमा रु दुई अर्ब ४७ करोड ९१ लाख ६७ हजार बराबरको वस्तु तथा सामान निर्यात भएको थियो ।

कार्यालयका अनुसार सो अवधिमा विशेष गरी जुस जाम, फलामे पाता, जमोठ कपडा, पिना, सेन्थेटिक यार्न, मनोरञ्जनका सामानहरु, बत्तिसा, त्रिफला, कवाज, च्यवनप्राश, कुकुर तथा विरालोको खाना, तयारी कपडा, रेसाको कपडा, कार्पेट र गलैँचालगायत निर्यात भएको छ ।

कार्यालयका गत साउनमा रु ४९ लाख ४८ हजार आठ सय १८ लिटर जुस जाम निर्यात हुँदा रु ४८ करोड नौ हजार विदेशी मुद्रा भित्रिएको छ । जबकी गत आवको सोही अवधिमा रु ५३ लाख २७ हजार आठ सय ६७ लिटर जुस जाम निर्यातबाट रु ५१ करोड ४१ लाख २२ हजार विदेशी मुद्रा आर्जन भएको थियो ।

गत साउनमा नाका हुँदै २९ लाख ७७ हजार नौ सय १० किलोग्राम फलामे पाता निर्यात हुँदा रु ३७ करोड ३९ लाख ९१ हजार विदेशी मुद्रा आर्जन भएको छ । गत आवको सोही अवधिमा ३३ लाख ७७ हजार चार सय २० किलोग्राम फलामे पाता निर्यात हुँदा रु ४४ करोड ४५ लाख ८२ हजार विदेशी मुद्रा आर्जन भएको थियो ।

कार्यालयका अनुसार गत साउनमा जमोठ कपडा ८० हजार दुई सय ६७ किलोग्राम निर्यात हुँदा १६ करोड २२ लाख ६० हजार विदेशी मुद्रा आएको छ । गत आवको सोही अवधिमा एक लाख १२ हजार एक सय ४९ किलोग्राम जमोठ कपडा निर्यात गर्दा रु १९ करोड ४३ लाख २३ हजार विदेशी मुद्रा प्राप्त भएको थियो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.