साता तेस्रो कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । शुरुवातदेखि नै उच्च मनोबलको साथ बढेको नेप्से बजार बन्द हुनेबेलासम्म आइपुग्दा ३.८० अंकले बढेर २ हजार ७८६.४० विन्दुमा आइपुगेको छ ।
नेप्से सूचक सामान्य अंकले बढे पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । विस्तारै नाफा बुक गर्ने लगानीकर्ता सकिदै गएका देखिन्छन् । किन्ने लगानीकर्ता नहुँदा र नाफा बुक गर्ने लगानीकर्ता मात्र हुँदा कारोबार रकम घट्ने बजार विज्ञहरु बताउँछन् ।
यो दिन कारोबारमा आएका ३२६ कम्पनीको ३ करोड ५० लाख कित्ता शेयर खरिदबिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने १८ अर्ब ४६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।
यो दिन राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि १.६८ अंकले बढेर ४९८.१५ विन्दुमा पुगेको छ।
त्यसैगरी,म्युचुअल फण्ड ०.९३ प्रतिशतले बढेको छ । त्यस्तै सबैभन्दा बढी वित्त उपसमूह १.६९ प्रतिशतले घटेको छ। त्यस्तै व्यापार उपसमूह १.४३ प्रतिशतले घटेको छ ।
यो दिन पाँच वटा अलग-अलग कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था,लीबर्टी इनर्जि, हिमालयन हाइड्रोपावर,मीडसोलु हाइड्रोपावर, माईखोला हाइड्रोपावर छन् । यसैगरी, यो दिन पिपुल्स हाइड्रोपावरको शेयरमूल्यमा ९.८७ प्रतिशतले बढेको छ । त्यस्तै, यो दिन कर्णाली डेभलपमेन्ट बैंकको शेयरमूल्य ६.८८ प्रतिशतले घटेको छ ।
यो दिन कारोबारमा आएका ३२६ कम्पनीको ३ करोड ५० लाख कित्ता शेयर खरिदबिक्री हुँदा १३ अर्ब ७२ करोड ७३ लाख रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबार दिन भने १८ अर्ब ४६ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको थियो ।
यो दिन सर्वाधिक कारोबार हुने कम्पनीमा चन्द्रागिरी हिल्स छ । उक्त कम्पनीको ४३ करोड ७ लाख ८६ हजार रुपैयाँको कारोबार भएको छ । त्यस्तै दोस्रो ठुलो कारोबार गर्ने कम्पनीमा नेपाल फाइनान्स, हिमालयन रिइन्स्योरेन्स कम्पनी, अपी पावर कम्पनी, अरुणभ्याली हाइड्रो पावर कम्पनीको ३३ करोड ९७ लाख रुपैयाँको कारोबार भएको छ ।