सामुदायिक लघुवित्तका तत्कालीन सीइओलाई ५ लाख जरीवाना !

काभ्रेपलाञ्चोकको साँगास्थित सामुदायिक लघुवित्त बित्तीय संस्था लिमीटेडका तत्कालीन प्रमुख कार्यकारी अधिकृत स्वयम्भूराज जोशीलाई नेपाल राष्टबैंकले ५ लाख जरीवाना गरेको छ ।

सीइओ जोशीले पटक-पटकको राष्ट्रबैंकको निर्देशन अवज्ञा गरी गैरकानूनी काम गरेको र अराजक बनी कार्यकारी पदमा रहिरहने, सुपरीवेक्षणमा खटिएका कर्मचारीलाई व्यक्तिगत आक्षेप लगाई प्रतिष्ठामा आँच आउने गरी विज्ञप्तिबाजी गरिएको लगायतका आरोप प्रमाणित भएको भन्दै केन्द्रीय बैंकले ५ लाख जरीवानाको निर्णय गरेको हो ।

‘नियामक निकायको छवि तथा प्रतिष्ठामा समेच आँच पुग्ने गरी सार्वजनिक संचारमाध्यममा विज्ञप्ति जारी गर्ने लगायतका अमर्यादित र अनुशासनहीन कार्यमा संलग्न रहेकोले यस बैंकको संचालक समितिको २०७४ पुस ११ को बैठकको निर्णयअनुसार निज जोशीलाई नेपाल राष्ट्रबैंक ऐन, २०५८(दोस्रो) संसोधन २०७३ सहित)को दफा १०० को उपदफा (२)(ग) मा भएको व्यवस्था बमोजिम रु. ५ लाख जरीवाना गरिएको हो ।’ राष्ट्रबैंकको विज्ञप्तिमा भनिएको छ ।

जोशीलाई पुस २० गते पहिलोपटक, फागुन २५ गते ७ दिनको समय दिई दोश्रोपटक सफाई गर्ने मौका दिइएको र उनले प्रस्तुत गरेको प्रतिउत्तर चित्तबुझ्दो नभएपछि जरीवानाको निर्णय भएको बताइएको छ ।

 

सम्बन्धित
Leave A Reply

Your email address will not be published.