सार्वजनिक यातायात चढ्न मास्क अनिवार्य, नलगाए कारबाही

काठमाण्डौ । कोरोना संक्रमण जोखिम रोकथाम तथा नियन्त्रणका लागि काठमाण्डौ प्रशासनले सार्वजनिक यातायातमा मास्क प्रयोग अनिवार्य गरेको छ।

जिल्ला प्रशासन कार्यालय काठमाण्डौ शुक्रबार भएको सर्वपक्षीय छलफलले यस्तो निर्णय गरेको छ। छलफलमा जिल्ला प्रशासन, यातायात व्यवस्था विभाग, ट्राफिक प्रहरीका अधिकारीहरु, यातायात व्यवसायी र यातायात मजदुर सहभागी थिए। 

काठमाण्डौका सीडीओ कालीप्रसाद पराजुलीले सार्वजनिक यातायात क्षेत्रमा स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने निर्णय भएको जानकारी दिए। सार्वजनिक यातायातमा चढ्ने यात्रुले मास्क नलगाउने पाइएमा कारबाही गर्ने निर्णय भएको पनि उनले बताए। त्यस्तै सार्वजनिक यातायातमा सिट क्षमताबराबर मात्र यात्रु राख्ने, भौतिक दूरीलाई व्यवस्थित गर्ने र बसपार्कमा साबुनपानीले हात धुने व्यवस्था गर्नेलगायतको निर्णय भएका छन्।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.