सिटिजन्स बैंकका ग्राहकलाई होटल साम्बालामा छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र होटल साम्बालाबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतासँगै सिटिजन्स बैंकका डेबिट, क्रेडिट र प्रिभिलेज कार्डवाहकहरुले होटल साम्बालामा सेवा लिँदा विशेष छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड देशभरका १०९ वटा शाखा, ९८ वटा एटिएम र १०४ वटा शाखा रहित बैंकिङ इकाइहरुबाट करिव साढे ६ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवाहरु दिँदै आएको छ ।
बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको जनाएको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी मोबाइल बैंकिङ एपमा लगइन गरेर काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी खाताबाट रकम झिक्ने सेवा, मोबाइल बैंकिङको पिन नम्बर आफैं सेट गर्न सक्ने सोवाको पनि थालनी भइको छ । कोभिड–१९ को त्रास कायमै रहेकाले ग्राहकलाई बैंकमा नआइकनै बैकिङ सुविधा दिन विभिन्न योजना ल्याएको जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.