सिटिसि मलको मोबाइल मेलामा ६० प्रतिशतसम्म छुट

काठमाण्डौ ।

मोवाइल सम्बन्धि सबै सेवा एकै छाना मुनी दिने लक्ष्य सहित दशैंको पूर्वसन्ध्यामा राजधानीको सिटिसि मलमा नयाँ मोवाइल गन्तव्य सुरु हुने भएको छ ।

सुनधारास्थित सिभिल ट्रेड सेन्टर(सिटिसि मल)को भुई तल्लामा बिहीबारदेखि सञ्चालनमा आउन लागेको सिटिसी मोबाइल हबले भारी छुट सहित मोबाइल मेला समेत सञ्चालन गर्दैछ ।

मोवाइल किन्नेहरुका लागि नयाँ गन्तव्यका रुपमा लिइएको मोबाइल हबले दशै धमाका सहित बजारमा उपस्थिति जनाउन लागेको हो ।

औपचारिक सुरुवातसँगै मोवाइल हबले असोज ३१ गतेसम्म दशैको धमाका मोबाइल मेला सञ्चालन गर्न लागेको हो । दशै धमाकामा मोवाइल खरिद गर्ने ग्राहकले अधिकतम ६० प्रतिशतसम्म छुट पाउने छन् । त्यसका साथै हरेक मोबाइलको खरिदमा हात खाली नजाने अफर पनि राखिएको छ ।

सिटिसि मोबाइल हबमा सुन्य प्रतिशत किस्ताबन्दी तथा व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ । एउटा मोबाइल किन्दा अर्को मोबाइल सित्तैंमा दिने अफरका साथै मोबाइल सट्टापट्टा पनि गर्न सकिनेछ । मोबाइल हबमा चल्ने मोबाइल मेला अवलोकन गर्न आउनेहरुलाई समेत गोलाप्रथाबाट विभिन्न ब्रण्डका मोवाइल बितरण गरिनेछ ।

पार्किङको अभावले आजित बनेका राजधानीबासीलाई मोबाइल किन्न वा मर्मत गर्न मोबाइल हब जाँदा निशुल्क पार्किङ पर्याप्त मात्रामा रुपमा उपलब्ध हुनेछ ।
मोबाइल हबमा बिश्व बजारका चल्तीका २० भन्दा बढी ब्राण्डका मोबाइल फोनहरु उपलब्ध छन् ।

एमआइ, आइफोेन, सामसङ, सोनी, जियोनी, ओप्पो, एचटिसी, जेडटिइ, हुवावे, कुलप्याड, लेनेभो, वान प्लस, नोकिया, कलर्श, मोटोरोला, जोप्पो, ओबिआइ लगायत ब्राण्डका टच एण्ड फिल काउन्टर समेत मोबाइल हबमा रहने सञ्चालक संगम राइले बताए । यसका अलावा विभिन्न ब्राण्डका ल्यापटपका लागि पनि सिटिसी मोबाइल हब उचित गन्तव्य हुनेछ ।

नेपालमै पहिलो पटक फरक अबधारणामा सञ्चालनमा आउन लागेको मोबाइल हबमा ६० मिनेटमै मोबाइल मर्मत सेवा, मोबाइल एक्सचेञ्ज र टच एण्ड फिल जोनको सुबिधा उपलब्ध हुनेछ । नेपालमा चल्तीमा रहेका ९० प्रतिशत बढी ब्राण्डका आधिकारिक सिर्भस सेण्टर मोबाइल हबमा रहने छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.