सुनको भाउमा सामान्य गिरावट

शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार तोलाको ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा २ सय रुपैयाँले घटेर ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ । तेजाबी सुन पनि आज तोलामा २ सय रुपैयाँले नै घटेर ९२ हजार ४ सयमा कारोवार भईरहेको छ ।

चाँदी तोलामा १ हजार २६० रुपैयाँमा स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ६४५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको भाउ ७९ हजार २१५ रुपैयाँ कायम गरेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.