सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढ्यो

६ असोज, काठमाडौं । सुनको मूल्य तोलामा ९ सय रुपैयाँले बढेको छ । मंगलबार ८८ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ बुधबार ९० हजार एक सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आजका लागि तेजाबी सुनको भाउ ८९ हजार ६५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य पनि २५ रुपैयाँले बढेको छ । मंगलबार तोलामा ११ सय ४० रुपैयाँमा कारोबार भएको चाँदीको आजको कारोबार मूल्य ११ सय ६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

असोज लागेपछि पहिलो पटक सुनको बजार मूल्य ९० हजार पुगेको महासंघले जनाएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.