सुल्झियो सोलु करिडोरको विवाद, डेढ महिनामा निर्माण सक्ने योजना

सोलु करिडोर प्रसारणलाइन निर्माणमा करिब तीन वर्षदेखि भइरहेको अवरोध हट्ने भएको छ । सोलुखुम्बु र आसपासका क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने सोलु करिडोरमा उदयपुरको कटारी नगरपालिकाको मरुवामा विवाद थियो ।

तर, हालसालै विरोधमा रहेका जग्गाधनीले मुआब्जा रकम बुझेका छन् । आयोजना प्रमुख जनार्दन गौतमका अनुसार जग्गाधनीले नै जिल्ला प्रशासन कार्यालय उदयपुरमा निवेदन दिएर मुआब्जा रकम निकासाका लागि अनुरोध गरेका थिए ।

जिल्ला प्रशासन कार्यालय उदयपुरले मुआब्जा बुझ्न बाँकी ६ जनामध्ये ५ जना जग्गा धनीको खातामा मुआब्जा रकम पठाएको छ । एकजना जग्गाधनीको भने बैंक खाता नम्बरमा देखिएको प्राविधिक कारण पठाउन बाँकी रहेको उनले बताए ।

‘जग्गा धनीहरुले रकम बुझ्नु भएपछि अब आयोजनाका काम अघि बढ्ने अवस्था बन्यो भन्ने हाम्रो विश्वास हो,’ आयोजना प्रमुख गौतमले भने, ‘काम शुरु गरेर फटाफटी काम हुन पायो भने डेढ महिनामा काम सकाउँछौं ।’

आर्थिक वर्ष २०६७/६८ मा शुरु गरिएको यो आयोजनाले सोलुखुम्बु, ओखलढुंगा र उदयपुरको वितरणलाइनलाई थप बलियो बनाउन पनि सघाउँछ । सोलुखुम्बुको तिंग्लाबाट शुरु भई सिराहाको मिर्चैयामा टुंगिने ९० किलोमिटर १३२ केभी डबल सर्किट प्रसारण लाइनमा ३०२ वटा टावर बनाउनुपर्छ । त्यसमध्ये २९९ वटाको जग हालेर टावर खडा गरिएको छ । टावर खडा भएका स्थानमा तार टांग्ने काम पनि लगभग सकिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.