सेयर बजारमा घट्दाको पीडा र बढ्दाको खुशी, नेप्सेको आँगनमा साँढेको बुर्कुशी

संसारमा सेयर बजार एउटा यस्तो ठाउँ हो, जहाँ लाखौं लगानीकर्ताहरुले करोडौं कमाउने सपना बुनेका हुन्छन् । मनमनै एउटा सपनाको घर बनाएका हुन्छन् । घर काठको होस् अथवा कागजको त्यो अलग कुरा हो, तर सपनीमा बनिराखेको हुन्छ । नेपालमा भर्खर भर्खर बिकास हुँदै गएको शेयर बजारको बारेमा धेरैले धेरै अनुमान लगाएका हुन्छन् । कोही भन्छन्ः शेयर बजार काँचको घर हो, जुनसुकै बेला चर्कन र टुट्न सक्छ १ कोही भन्छन्स् शेयर बजार पानीको फोका हो जुनसुकै बेला फुट्न सक्छ १ तर म भन्छु शेयर बजार हजारौं खोलाको संगम समुन्द्र हो, आज खुत्रुके फुटाएर सानो लगानी गर्नुस् करोडौं रुपैयाँ शेयर बजारबाटै जुट्नसक्छ ।

यहाँनिर तपाईंले प्रश्न गर्न सक्नुहुन्छः नेपालमा के छ त्यस्तो प्रमाण र आधार जहाँ सानो लगानी गरेर मनग्य आम्दानी होस् रु केही समय पहिला नेपाली बजारमा आयको रिइन्स्योरेन्स कम्पनीको कुरा गरौं, जसले हरेक लगानीकर्तालाई ४० देखि ५० कित्ता सेयर दिएको थियो । मानौं, तपाईंको घरमा पाँचजना परिवार थियो, एकाघरको सेयर भर्न पाउने अधिकार धितोपत्र बोर्डले तपाईंमा सुरक्षित गरेकै छ । पाँचजना परिवारको मात्रै सयका दरले भरे पनि दुईसय कित्ता सेयर तपाईंले पाउनुभयो । जसको आज बजार मूल्य सत्रसय प्रतिकित्ता छ । सबै शेयर बेचेमा तीनलाख चालिस हजार तपाईंको हातमा १ छ महिना पहिलाको जम्मा लगानी बीस हजार मात्रै १ अब तपाईं आफैं भन्नुस्स्खुत्रुके फुटाएरै भए पनि सेयरमा लगानी किन नगर्ने रु यो त मैले एउटा कम्पनीको मात्रै कुरा गरेँ, हरेक महिना बजारमा यस्ता कम्पनीमा लगानीको अवसर आइरहेको हुन्छ ।

यो भयो प्राथमिक बजारको कुरा, अब दोस्रो बजारतिर लागौं । के दोस्रो बजारबाट पनि आफूलाई आवश्यक पर्ने जति मनग्ये पैसा कमाउन सम्भब छ त रु यो प्रश्नको जवाफभन्दा पहिले म विश्व सेयर बजारका गुरु वारेन बफेटको जीवनी र त्यहाँबाट हामीले सिक्नुपर्ने पाठतर्फ लग्छु । अमेरिकाको नेब्रास्कामा सामान्य परिवारमा जन्मेका, हाल उमेरले नब्बे वर्षीय बफेटले पहिलोपटक ११ वर्षको उमेरमा सेयरमा लगानी गरेका थिए । उनका बाबुको सेयर ब्रोकर कम्पनी थियो । बाबुसँग अफिस जाँदा आउँदा सेयरको बारेमा केही बुझेका बफेटले पहिलोपटक ३८ डलरमा एउटा कम्पनीको सेयर खरिद गरेका थिए । उनले खरिद गरेपछि सेयरको मूल्य घटेर २७ डलरमा आयो । केही समयपछि उक्त सेयरको मूल्य बढेर ४० डलर पुगेको के थियो उनले बेचिहाले । त्यसको केही समयमा सेयरको मूल्य बढेर दुईसय डलरसम्म पुग्यो । यो देखेर उनका बाबु खिस्स हाँस्दै एउटा हिउँको डल्लो हातमा लिएर भनेः हेर बाबु यो डल्लोलाई तिमीले जति जति पुनः हिउँमा गुड्काउँछौं, त्यति नै ठूलो ठूलो हुन्छ । यसले त्यति नै बढी हिउँ बटुल्दै जान्छ, तिमीले गरेको लगानी पनि यसरी नै बढ्दै बढ्दै जानुपर्छ । सेयरमा धैर्यता महत्वपूर्ण हुन्छ । त्यसपछि बफेटले केही राम्रा कम्पनीको सेयर आजसम्म पनि बेचेका छैनन् । आज बफेटको नेटवर्थ ८० अर्ब डलर छ । उनको सुरुवात हजार डलरभन्दा बढी होइन, अनि के संभव छैन त सेयरबाट करोडौं कमाउने सपना साकार पार्न रु

यी सबै सम्भव छ, केबल तपाईंमा धैर्यता आवश्यक हुन्छ । यी सबै प्रसँग जोड्नुको मुख्य उद्देश्य होः सेयरमा पहिलो महत्वपूर्ण भनेको कम्पनी छनौट हो भने दोश्रो महत्वपूर्ण विषय धैर्यता ।

लगानीकर्ताले कम्पनी छानीछानी किन्ने हुँदा समयक्रमसँगै सेयरले मूल्य पछ्याएको हुन्छ । एघार वर्षबाट लगानी गरेका बफेट ३५ वर्षको हुँदा नै अर्बपतिको सूचीमा परिसकेका थिए । उनको लगानी गर्ने गज्जबको शैली थियो । आफूले खरिद गर्दैगर्दा कुन कम्पनीमा लगानी गर्दैछन् भन्ने कुरा आफ्नै कम्पनीका साथीहरुलाई समेत बताउदैनथे । हरेक समय अंकमा रमाउन चाहने बफेटदेखि उनीनिकट क्रुद्ध हुन्थे । आफूले लगानी गर्ने कम्पनीको प्रोफाइल कम्पनीभित्रै पसेर सोधखोज गर्थे । सानो उमेरमै लगानी थालेका बफेटले आफ्नै जीवनीको बारेमा एक पुस्तकमा भनेका छन्, “म एकदिन अर्बपतिको सूचीमा पर्छु भन्ने कुरा मलाई एकमिनेट पनि शंका छैन । यो भयो बफेटको जीवनसँग जोडिएको प्रेरणादायी पक्ष ।

अब आऔं, नेपालकै सेयर बजारका कथा र ब्यथातिर । जहाँ कथा हुन्छ, व्यथा पनि त्यहीँ हुन्छ । तपाईंहरुले भन्नुहोला अहिले बजार बुल बुल भएको बेला कथा र ब्यथाको कुरा किन रु बजार के हुन्छ रु हामीले बिगत र इतिहास भुल्न हुँदैन किनकी इतिहासले भविष्य बताइरहेको हुन्छ । नेपालको ब्यापारमा खासगरी मारवाडी समुदाय अगाडि छन् । उनीहरुले खरिद गर्ने ब्रोकर र स्क्रिप्ट बजारमा खोजी खोजी हेरिन्छ ।

यस्तै, नेपालको सेयर बजारमा निर्मल प्रधान नयाँ नाम र धेरैले सुनेकै नाम हो । लामो समय फिल्म उद्योगमा नाम र दाम कमाएका प्रधानको बारेमा हामीले बुझ्न र जान्न किन आबश्यक छ भने हामीभन्दा अघिल्लो पुस्ताले के गल्ती गर्यो रु हामीले जान्ने, सिक्ने र बजारबाट कमाउने भनेको अघिल्लो पुस्ताले गरेको गल्तीबाट पनि हो । प्रधान आफैंले स्वीकार गरेका छन् कि उनी एकैपटक फिल्म उद्योगबाट सेयर बजारमा केही नबुझी पसे र फसे पनि । उनीसँग एकपटक ०६५ सालमा नै १४ अर्बको पोर्ट्फोलियो थियो तर, त्यो पोर्टफोलियो व्यवस्थापन गर्न नजानेका उनी आफैं र उनी निकट बताउँछन । सेयरबजारमा पोर्टफोलियो व्यवस्थापन र जेरो इन्भेस्टमेन्ट पोलिसी निकै उपयुक्त हुन्छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.