हुण्डाईको नयाँ सेन्टर बिराटनगरमा

आर्थिक समाचार

वैशाख १४,काठमाडौँ।

एकै छानामुनि सेल्स, सर्भिस र स्पेयर पार्ट्सको सेवा सुविधा प्रदान गर्ने उद्देश्यले हुण्डाई गाडिको आधिकारिक विक्रेता लक्ष्मी ईन्टरकन्टिनेन्टलले बिराटनगरस्थित आफ्नो डिलर रोयल अटो वर्ल्ड  प्रालिको संयोजकतोमा नयाँ ‘थ्री एस’ सेन्टर खोलेको छ।
बिराटनगर र वरिपरिका क्षेत्रमा रहेको बढ्दो हुण्डाई गाडिको मागलाई मध्यनजर राखी सो डिलरसिपको स्थापना गरिएको कम्पनीले जनाएको छ।
थ्री एस सेन्टरको उद्घाटन रोयल अटो वर्ल्डका अध्यक्ष भिम प्रसाद पौडेल तथा लक्ष्मी ईन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशकनिराकर श्रेष्ठले संयुक्त रुपमा गरेका थिए।
 उक्त सेन्टरमा ५ वटा सम्म गाडीको शोरुम, उत्कृष्ट तालिम प्राप्त प्राविधिकहरु, तथा एयर कन्डिसन र वाइफाइ सुविधायुक्त कस्टमर लाउन्ज रहेको छ। यस सेन्टरमा प्रति महिना ६ सयवटा सम्म गाडीलाई सेवा दिने क्षमता रहेको र प्रशस्त पार्किङ्ग व्यवस्था भएको कम्पनीले जनाएको छ।
लक्ष्मी ईन्टरकन्टिनेन्टलले उपत्यका बाहेक पोखरा, नारायणघाट, बुटवल, दाङ, दमक, बिर्तामोड, बनेपा, धनगढी, भैरहवा, इटहरी, नेपालगञ्ज र हेटौडा जस्ता प्रमुख शहरहरुमा १३ वटा डिलरसिप स्थापना गरिसकेको छ।
Leave A Reply

Your email address will not be published.