१.५९ % घट्यो नेप्से परिसूचक, करीब १४ अर्बको शेयर कारोबार

जेठ १७, काठमाडौं । साताको दोस्रो कारोबार सोमवार शेयर बजारमा सोमवार उच्च अंकको करेक्सन भएको छ । 

आइतवार सर्वाधिक विन्दुसहित सर्वाधिक रकमको कारोबार भएको शेयर बजारमा यो दिन भने उच्च अंकको करेक्सन भएको हो । यो दिन १ दशमलव ६० प्रतिशत अर्थात् ४५ दशमलव २५ अंकले घटेर नेप्से परिसूचक २ हजार ७८२ दशमलव ६८ विन्दुमा बन्द भएको छ । 

आइतवार १२ दशमलव ५४ अंक अर्थात् शून्य दशमलव ४५ प्रतिशत बढेर हालसम्मकै उच्च विन्दु २ हजार ८२७ दशमलव ९३ मा पुगेर बन्द भएको बजार सोमवार २ हजार ८४२ दशमलव २८ विन्दुदेखि खुलेको थियो । यो दिन बजारले २ हजार ८५० दशमलव १८ विन्दुसम्म कायम गरेको थियो ।

पछिल्लो समय शेयर बजारमा देखिएको कारोबार रकमको उत्साह भने यो दिन पनि कायमै रहेको छ । आइतवारको तुलनामा भने सोमवार कारोबार रकम भने घटेको छ ।

आइतवार रू. १७ अर्ब २ करोड ८४ लाख ३२ हजार बराबरको ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ता शेयर कारोबार भएको थियो । सोमवार भने रू. १३ अर्ब ८९ करोड ८ लाख ८८ हजार बराबरको ३ करोड ८ लाख ५४ हजार ७० कित्ता शेयर कारोबार भएको हो । यो दिन कारोबार रकममा सर्वाधिक हिस्सा राधी विद्युत् कम्पनीले ओगटेको छ । 

१४७ दशमलव ५२ प्रतिशत हकप्रद शेयर विक्री गर्ने निर्णय सोमवार सार्वजनिक भएसँगै राधीको सर्वाधिक रकमको कारोबारसँगै मूल्य पनि सर्वाधिक वृद्धि भएको छ । रू. ९१ करोड ७ लाख ८५ हजार बराबरको शेयर कारोबार भएको राधी विद्युत् कम्पनीको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९८ प्रतिशतले बढेको छ । 
दोहोरो उच्च अंकले घटेको बजारमा राधीसँगै सेन्ट्रल फाइनान्सको शेयरमूल्य पनि ९ दशमलव ९१ प्रतिशत वृद्धि भएको छ ।

 यस दिन राधी विद्युत् कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ११४ ले बढेर अन्तिम मूल्य रू. १ हजार २५६ र सेन्ट्रल फाइनान्सको प्रतिकित्ता रू. ३२ ले बढेर अन्तिम मूल्य रू. ३५५ कायम भएको छ । यो दिन बरुण हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ९ दशमलव ५७ प्रतिशतले घटेको छ । उक्त कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ४५ ले घटेर अन्तिममूल्य रू. ४२५ मा झरेको हो ।

यस दिन म्युचुअल फण्डको परिसूचक शून्य दशमलव २४ प्रतिशतले बढेको छ भने बाँकी १२ समूहको घटेको छ । सोमवारको बजारबाट जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यो दिन जलविद्युत् समूहको परिसूचक सर्वाधिक ४ दशमलव ३१ प्रतिशत घटेको हो । 

त्यस्तै बैंकिङ्ग समूहको १ दशमलव शून्य १ प्रतिशत, व्यापारिकको ३ दशमलव ७९ प्रतिशत, होटल्स तथा पर्यटनको शून्य दशमलव शून्य २ प्रतिशत परिसूचक घटेको छ ।
 त्यसैगरी विकास बैंकको १ दशमलव ५४ प्रतिशत, वित्तको शून्य दशमलव ७४ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ५७ प्रतिशत, लघुवित्तको शून्य दशमलव १९ प्रतिशत , जीवन बीमाको १ दशमलव ९३ प्रतिशत र लगानी समूहको शून्य दशमलव ९५ प्रतिशत परिसूचक घटेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.