४ जलविद्युत् कम्पनीको लाभांश घोषणा, सबैभन्दा धेरै भगवती हाइड्रोपावरको

चार वटा अलग-अलग जलविद्युत कम्पनीहरुले गत आर्थिक वष २०८०\८१ को मुनाफाबाट लाभांश घोषणा गरेका छन् । हालसम्ममा माण्डू हाइड्रोपावर, सुपर माई हाइड्रोपावर,भगवती हाइड्रोपावर र अपि पावर कम्पनीले लाभांश घोषणा गरेका छन् ।

माण्डु हाइड्रोपावले गत आवको मुनाफाबाट शेयरधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्ने बताएको छ । उक्त कम्पनीले अघिल्लो वर्षको तुलनामा गत वर्ष लाभांशदर बढाएको हो । अघिल्लो वर्ष भने उक्त कम्पनीले १० प्रतिशत नगद लाभांश दिएको थियो ।

त्यसैगरी, सुपर माई हाइड्रोपावरले भने पटक लाभांश दिने घोषणा गरेको हो ।उक्त कम्पनीले गत आवको सञ्चित मुनाफाबाट ७ प्रतिशत बोनस शेयर र ५.६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।

यसैगरी, भगवती हाइड्रोपावरले १४.७३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमा चार प्रतिशत बोनस शेयर र १०.७३६८ प्रतिशत नगद लाभांश (करसहित) छ। कम्पनीले अघिल्लो वर्षको तुलनामा लाभांश दर भने गत वर्ष बढाएको देखिन्छ ।

अघिल्लो वर्ष चाहिं कम्पनीले १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । अहिलेसम्म लाभांश घोषणा गरेका जलविद्युत् कम्पनीहरुमध्ये सबैभन्दा बढी लाभांश भगवती हाइड्रोपावरकै छ । यसैगरी, अपि पावर कम्पनीले ९ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

तर गत आर्थिक वर्षको साधाण सभा बोलाइसकेका बरुण हाइड्रोपावर, ङादी ग्रूप पावर र मोलुङ्ग हाइड्रोपावरले भने शेयरधनीका लागि कुनै पनि लाभांश प्रस्ताव गरेका छैनन् । दोस्रो बजारमा हालसम्ममा ९१ वटा जलविद्युत् कम्पनीहरु सूचीकृत छन् ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.