जापानी कम्पनी फोर्थ भ्याली कन्सियर्स र नेपाली संस्था आइडिया स्टुडियो, लिड एक्स नेपालको सहयोगमा आरम्भ कलेजमा स्थापना गरिएको आरम्भ इनोभेसन हबु को आइतबार एक समारोहबीच उद्घाटन गरिएको छ।
अन्तर्राष्ट्रिय ख्याति प्राप्त सेफ सन्तोष शाह र आइडिया स्टुडियोका संस्थापक डा। छिरिङ लामाले इनोभेसन हबको उद्घाटन गरेका हुन्।
सोचदेखि उद्योगसम्म भन्ने नारा बोकेको आइडिया स्टुडियोले नीति, ज्ञान र अभयासमा सहयोग गर्दै आएको छ। आइडिया स्टुडियो र लिड एक्स नेपालले युवाहरूलाई अन्तर्राष्ट्रिय स्तरमा उद्यमशीलताको अवसरहरू खोज्न सिकाउने र सघाउने काम गर्दै आएको छ।
यसले व्यक्तित्व विकास र पेशागत क्षमताको अभिवृद्धिमा समेत सहायता गर्ने गरेको छ। फोर्थ भ्याली कन्सियर्सले अन्तर्राष्ट्रिय स्तरमा प्रविधिको पहुँच र व्यक्तिगत पहुँचमा सहयोग गर्छ। यसको अन्तर्राष्ट्रिय सञ्जाल १ सय देशमा फैलिएको छ।
आरम्भ कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले उल्लेखित कम्पनीहरूसँगकोे सहकार्यमा आरम्भ इनोभेसन हबमा विद्यार्थीहरूको नवीन सोचलाई आकार दिने काम हुने बताए।
ुइनोभेसन हबले स्टार्टअप कल्चर, उद्यमशीलताको विकास र विदार्थीहरूको व्यक्तिगत विकासमा सहयोग गर्छ,ु शिवाकोटीले भने, ुपहिलो वर्ष १०, दोस्रो वर्ष २०, तेस्रो वर्ष ३० र चौथो वर्ष ५० जना विद्यार्थीले आफ्नै व्यवसायको विकास, कम्पनीको विकास गरी त्यसको प्रमुख भएर काम गर्ने वातावरण बनाउने उद्देश्य लिएका छौं।ु
अन्तर्राष्ट्रियरूपमा ख्याति प्राप्त सेफ सन्तोष शाहले आरम्भ कलेज परिसरमा त्यहाँका विद्यार्थीहरूसँग अन्तर्क्रिया समेत गरेका छन्। आरम्भ कलेजले आयोजना गरेको कार्यक्रममा सेफ शाहले हस्पिटालिटी र उद्यमशीलतामा जोड दिँदै विद्यार्थीसँग अन्तर्क्रिया गरे।
ुमिथिला थालीु भनेर स्थानीय परिकारलाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय पहुँच र पहिचान दिने काममा खटिएका शाहले हस्पिटालिटीका विविध आयाम र उद्यमशीलताबारे विद्यार्थीलाई प्रष्ट पारे।
प्रिन्सिपल सुरज शिवाकोटीले विश्वमै ख्यातिप्राप्त व्यक्तिलाई कलेजमा ल्याएर विद्यार्थीहरूसँग अन्तर्क्रिया गराउनाले विद्यार्थीको मनोबल बढ्ने भएकोले भविष्यमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए।