तोलामा २०० रुपैयाँ बढ्यो सुनको मूल्य

साताको तेश्रो कारोबार दिन मंगलबार घरेलु बजारमा पहेंलो धातु सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला १ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको छापावाल सुन यो दिन तोलामा २०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ प्रतितोला १ लाख ५२ हजार ४०० रुपैयाँमा रहेको छ । यो दिन चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ७६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी,महासंघका अनुसार आज प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख ३० हजार ६६० रुपैयाँ कायम भएको छ । त्यस्तै प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ५१३ रुपैया कायम भएको छ ।

यो दिन अन्तरराष्ट्रिय बजारमा पनि सुनको मूल्य ०.२० प्रतिशतले घटेको छ। यो दिन सुनको मूल्य प्रतिऔंस २ हजार ५०१.६१ डलरमा कारोबार भइरहेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.