ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को लाभांश घोषणा गरिएको छ ।

ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आर्थिक वर्ष २०८०\८१ को लागि लाभांश घोषणा गरिएको हो ।

योजनाको लेखापरीक्षण कार्य सम्पन्न भए लगतै योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको भदो २८ गते बिहान ८ बजे बसेको १७८ औं सञ्चालक समितिको बैठकले लाभांशको निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८०\८१ का लागि ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का ईकाइधनीहरुलाई कर सहित ५ प्रतिशत का दरले हुन आउने रकम रु ५ करोड १२ लाख ८८ हजार १८०१ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको योजना व्यवस्थापकले जानकारी दिएको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.