दुई महिनामा सरकारको आम्दानी १ खर्ब ६९ अर्ब, खर्च १ खर्ब ३७ अर्ब

चालु आर्थिक वर्ष २०८१\८१ को साउन र भदौ महिनामा सरकारले १ खर्ब ६९ अर्ब ५१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार दुई महिनाको अवधिमा सरकारको कुल खर्च १ खर्ब ३७ अर्ब ५५ करोड रुपैयाँ भएको छ ।

आम्दानीमध्ये राजस्वबाट १ खर्ब ६६ अर्ब ३८ करोड सङ्कलन भएको छ । यो कुल वार्षिक लक्ष्यको ११.७२ प्रतिशत हो । चालु आवमा सरकारले १४ खर्ब १९ अर्ब ३० करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै गैरकरबाट २१ अर्ब १९ करोड रुपैयाँ सङ्कलन भएको छ । दुई महिनाको अवधिमा सरकारलाई वैदेशिक अनुदान प्राप्त भएको छैन । यो वर्ष ५२ अर्ब ३२ करोड रुपैयाँ वैदेशिक अनुदान प्राप्त गर्ने सरकारको लक्ष्य हो ।

दुई महिनामा गरिएको कुल खर्चमध्ये ८२ अर्ब ९८ करोड रुपैयाँ चालु शीर्षकमा खर्च भएको छ । १४ अर्ब ८९ करोड रुपैयाँ पुँजीगत खर्च भएको महालेखाले जनाएको छ । वित्तीय हस्तान्तरणमा ३९ अर्ब ६७ करोड रुपैयाँ खर्च भएको छ । दुई महिनामा गरिएको खर्च वार्षिक लक्ष्यको ७.३९ प्रतिशत हो ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.