एक दिन पनि टिकेन नेप्सेको वृद्धि,व्यापारबाहेक सबै उपसमूह राताम्य

साताको अन्तिम कारोबार दिन बिहीबार बजार दोहोरो अंकले घटेको छ । यो दिन नेप्से परिसूचक ३२.८१ अंकले घटेर २ हजार ४८६.७६ विन्दुमा पुगेको छ ।

अघिल्लो कारोबार दिन बजार दोहोरो अंकले बढेता पनि शेयर बजारको ओरालो यात्रा भने यो साताभर कायमै रह्यो । निरन्तर नेप्से परिसूचक घटेका कारण आत्तिएका लगानीकर्ताले यो दिन प्रोफिट बुक गरेका कारण बजार थप दबाबा परेको जस्तो देखिन्छ । दिनभर निक्कै उतारचढाव रहेको बजार अन्तिम समयमा आएर घटेको छ ।यो दिन बजार घटेतापनि कारोबार भने अघिल्लो दिनको तुलनामा बढेको छ ।

यो दिन ३२२ वटा कम्पनीको १ करोड ३६ लाख ९१ हजार ५९६ कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।अघिल्लो कारोबार दिन बुधबार भने ३२७ वटा कम्पनीको १ करोड २४ लाख ९८ हजार ९८९ हजार कित्ता शेयर खरिदबिक्री हुँदा ४ अर्ब ८१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

यो दिन बजार घटेपनि कारोबार भने बढेको अवस्था छ ।त्यस्तै राम्रा र बलिया कम्पनी मापक सेन्सेटिभ इन्डेक्स पनि ५.३४ अंकले घटेर ४४७.४५ विन्दुमा पुगेको छ।

यो दिन २०१ वटा कम्पनीको शेयरमूल्य घटेको छ भने ३९ वटा कम्पनीको शेयरमूल्य बढेको छ । चार वटा कम्पनीको मूल्य भने स्थिर छ ।

यस दिन वीन लघुवित्तको शेयरमूल्य ९.८५ प्रतिशतले बढेको छ । कम्पनीको शेयर बढेर प्रतिकित्ता मूल्य २ हजार ९०० रुपैयाँ पुगेको छ ।

त्यस्तै यो दिन बोटलर्स नेपालको शेयरमूल्य ५.०६ प्रतिशतले बढेको छ । त्यस्तै ग्रिन भेञ्चर लिमिटेको शेयरमूल्यमा नकारात्क सर्किट लागेको छ । अपि पावर कम्पनीको शेयरमूल्य ७.४६ प्रतिशतले घटेको छ ।कम्पनीको गत आवको मुनाफाबाट प्रस्तावित नौ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्तावलाई नियामक विद्युत् नियमन आयोगले बिहीबार रद्द गरिएको थियो । जसका कारण कम्पनीको शेयरमूल्य घटेको हो ।

कारोबार रकमका आधारमा यो दिन शिर्षस्थानमा अपी पावर कम्पनी छ । उक्त कम्पनीको करिब ४८ करोड बराबरको शेयर खरिदबिक्री भएको छ।

यसैगरी, दोस्रो स्थानमा एनएलजी इन्स्योरेन्स कम्पनी छ। उक्त कम्पनीको १७ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।

त्यस्तै, सीईडीबी हाइड्रोपावरको १४ करोड २५ लाख रुपैयाँ माथिको शेयर खरिदबिक्री भएको छ।यसैगरी, यो दिन नेप्सेमा सूचीकृत १३ वटा उपसमूह मध्ये व्यापार बाहेक सबै उपसमूह राताम्य भएको छ ।यो दिन सबैभन्दा बढी होटल एन्ड टुरिजम उपसमूह २.३४ प्रतिशतले घटेको छ ।त्यस्तै दोस्रोमा जलविद्युत उपसमूह २.३० प्रतिशतले घटेको छ ।

सम्बन्धित
Leave A Reply

Your email address will not be published.